जितकुण्डोको तालिम सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-१०
  • |
  • 173 पटक हेरिएको

काठमाडौं । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दुईदिने तालिममा ४ प्रदेशका १२ जिल्लाबाट ३५ जना सहभागी थिए ।
सहभागीलाई नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले प्रशिक्षण दिएका थिए । तालिममा जितकुण्डोका परिवर्तित नयाँ नियमलगायतका विषयमा जानकारी गराइएको थियो ।

तालिम समापनका अवसरमा प्रमुख प्रशिक्षक थापाले आफूले सिकेको ज्ञानलाई व्यवहारमा परिणत गर्न सके मात्र उपलब्धी हासिल गर्न सकिने धारणा व्यक्त गरे । तालिम आगामी जेठमा टोखामा हुने मेयर कप जितकुण्डो प्रतियोगितालाई लक्षित गरी आयोजना गरिएको प्रमुख प्रशिक्षक थापाले जानकारी गराए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey