टोकियो ओलम्पिक यो बर्षपनि सार्ने जापान सरकारको आन्तरीक तयारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-०९
  • |
  • 368 पटक हेरिएको

कोरोना भाइरसका कारण २०२० मा हुनुपर्ने टोकियो ओलम्पिक एक बर्षका लागि सरेको थियो । तर अहिलेपनि भाइरसको प्रभाव कायमै हुँदा फेरी पनि यो बर्ष हुने नहुने अनिश्चित जस्तै छ । यस्तैमा जापान सरकारले आन्तरीक रुपमा टोकियो ओलम्पिक यो बर्ष गर्नपनि कठिन रहेको र सार्नका लागि गोप्य सहमति जनाएको डेलिमेलले बताएको छ ।

जापानी सरकारका एक सिनियर क्याविनेट सदस्यले गोप्य रुपमा प्रतियोगिता फेरी पनि सार्नका लागि तयारी भएको र २०३२ मा उपयुक्त समय पारेर गर्ने तयारी भइरहेको बताएका छन । उनले यो बर्षपनि टोकियो ओलम्पिक गर्नका लागि कठिन रहेको र यो कुरा कसैले पनि खुलेर बोल्न तयार नभएको बताएका छन । तर ब्यक्तिगत रुपमा यो बर्ष टोकियो ओलम्पिक हुन कठिन रहेको बताए ।

यता अन्तराष्ट्रिय ओलम्पिक कमिटी र जापान सरकारले भने अहिलेपनि आधिकारीक रुपमा प्रतियोगिता तोकेकै मितीमा हुने बताउँदै आएका छन । गत बर्ष सरेको प्रतियोगिता यो बर्ष जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म हुनेछ ।

गत साता मात्र जापानी प्रधानमन्त्री यासीहिडी सुगाले प्रतियोगितामा पुर्ण रुपमा सुरक्षा अपनाइने र ओलम्पिकको भावनालाई मर्न नदिने बताएका थिए ।

अब पनि टोकियो ओलम्पिक हुन नसकेमा स्थगित गर्नुको सट्टा रद्द नै गर्नुपर्ने अवस्था आउनेछ । पछिल्लो पटक टोकियो सहित जापानका अरु शहरमा कोरोनाका कारण आपतकालिनको घोषणा गरिएको छ ।

यसअघि दुई वटा संस्थानले गरेको सर्वेमा ८० प्रतिशत जनताले ओलम्पिक यो बर्ष गर्न नहुने धारणा राखेका थिए । यस्तैमा आइओसीका अध्यक्ष थोमस बाखले विना दर्शकपनि ओलम्पिक हुने बताएका थिए ।

तर क्याविनेटका सदस्यले पछिल्लो पटक दिएको अभिब्यक्तिले जापान सरकार नै ओलम्पिकका विषयमा दोधारमा रहेको देखिएको छ । यो ओलम्पिक नभएको खण्डमा टोकियोलाई २५ बिलियन डलरको नोक्सानी हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey