४५ बर्षको अनुभवको प्रतिफल नेपाली क्रिकेटले पाउने छ-डेभ ह्वाटमाेर

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-०८
  • |
  • 464 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रशिक्षक डेभ ह्वाटमोरले आफ्नो कार्यकालमा नेपाली क्रिकेटलाई नतिजा निकाल्नसक्ने टिम बनाउने बताएका छन । औपचारिक रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकका रुपमा आएका वाटमोरले जस्तो चुनौतीको सामना गर्नलाई पनि तयार रहेको बताए ।

विश्वकप विजेता प्रशिक्षक वाटमोरले नेपाललाई छान्नमा चुनौती भएपनि तर त्यसलाई सहजै निभाउने बताए । साथै उनले जुनपनि टिमसँग काम गर्दा सधै चुनौती हुने र त्यहि चुनौतीबाट आत्मविश्वास बढ्ने बताए । साथै उनले टिमलाई कसरी राम्रो गर्ने भन्नेमा आफुसँग केहि योजना रहेको र त्यसमा खेलाडीलाई मोटिभेट गर्ने बताए ।

एक बर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकका रुपमा आएका वाटमोरले हाइपर्फमेन्स क्याम्पमा केहि समय नेपाल बस्दा निकै राम्रो लागेको र अहिलेपनि टिमका खेलाडीसँग राम्रो समय वित्नेमा विश्वास रहेको बताए ।

यसका साथै उनले आफ्नो लक्ष्य नेपाली क्रिकेट टिमको बरियता बढाउनेमा ध्यान हुने बताए । त्यसका अर्थ टिमलाई नतिजामुखी बनाउने र त्यसका लागि राम्रो टिमको आवश्यकता रहेको वाटमोरको भनाई छ । उनले यसमा ठुलो चुनौती प्रशिक्षकलाई भन्दापनि छनोटकर्तालाई भएको बताए । किनकी छनोटकर्ताले राम्रो टिमलाई छानेको खण्डमा त्यो टिमले राम्रो गर्ने बताए । टिममा अनुभवी र युवा खेलाडीको मिश्रण भएको खण्डमा झन राम्रो हुनसक्ने बताए ।

उनले आफ्नो ४५ बर्षको अनुभवलाई नेपाली टिमका खेलाडीसँग साट्न पाउँदा निकै खुसी लागेको बताए । उनले अहिले क्याम्पमा रहने २५–३० खेलाडीको पुल भन्दा बाहिर गएर नयाँ खेलाडीलाई पनि मौका दिनुपर्ने जोड दिए ।

वाटमोरले मार्चमा ओमानमा हुने त्रिकोणात्मक सिरिजका लागि पहिले राम्रो टिम छनोट गर्नुपर्ने र त्यसका लागि मुख्य जिम्मेवारी खेलाडी छनोट समितीको रहेको र त्यसपछि हामीहरु मिलेर टिमलाई पोलिस गर्ने बताए ।

नेपाल क्रिकेट संघ क्यानले ७२ जनाको सूचीबाट वाटमोरलाई मुख्य प्रशिक्षकमा छनोट गरेको हो । वाटमोरसँग क्यानले एक बर्षको सम्झौता गर्नेछ । दुई दिन अगाडी नेपाल आएका वाटमोरलाई क्यानले मासिक करिव १० हजार अमेरीकी डलर तलव दिने सहमती भएको छ । त्यसमा वाटमोरको कर कट्टा हुनेछ । यसका साथै उनको बसोबास र यातायातको खर्च क्यानले नै ब्यहोर्नेछ । साथै उनी स्वदेश फर्किदाको हजाई खर्चपनि क्यानले नै दिनेछ ।

नेपाली क्रिकेटका लागि निकै राम्रो अनुभव भएका प्रशिक्षक ल्याउँदा क्यानले उनीबाट धेरै ठूलो अपेक्षा गरेको छ । यस्तैमा नेपालको एकदिवसिय मान्यतालाई कायम राख्नका लागि पनि चुनौती रहेको छ ।

यता क्यानले वाटमोरसँग तत्कालिन र दिर्घकालिन योजनाका बारेमा कुरा भएको र त्यसमा उनीपनि क्लियर भएको बताएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले ग्रासरुट क्रिकेटको विकाश, उमेर समुहको विकास, महिला र पुरुष क्रिकेटलाई कसरी बलियो बनाउने भन्नेमा वाटमोरसँग सल्लाह गर्ने बताए ।

मुख्य प्रशिक्षकका रूपमा नेपाल पुगेपछि पहिलाे पटक प्रतिक्रिया दिँदै

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey