अरूणालाई ज्ञानुबाबा मावीकाे सम्मान

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-०७
  • |
  • 283 पटक हेरिएको

पोखराकाे ज्ञानुबाबा मावीले  नेपाल भलिवल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ ।

एनएसजेएफ पल्सर स्पाेर्टस अवार्डमा ‘वर्ष उत्कृष्ट टिम’की कप्तान अरुणाले हालै सम्पन्न एनएसजेएफ स्पोर्टस अवार्डको पिपल्स च्वाइस विद्यामा विजेता बन्न सफल भएकोमा सम्मान गरेको हो ।

अरुणालाई सम्मान गर्न नेपाल भलिवल टिमकी पूर्व उपकप्तान समेत रहेकी मञ्जु गुरुङले गरिन । टिममा नपरेपछि भलिवलको कार्यक्रममा खासै देखा नपरेकी मञ्जु भने आफ्ना आमा भिमसुवा गुरुङलाई लिएर ज्ञानुबाबा पुगेकी थिइन ।

महिला भलिवलमा ज्ञानुबाबाको उत्पादन रहेका मञ्जु र अरुणा दुवैले एनएसजेफ पिपल्स च्वाइस अवार्ड हात पारेका छन । मञ्जुले यो सफलता २०६५ सालमा हात पारेकी थिइन ।

विद्यालयले वोलाएर सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै अरुणाले आफू अझै भलिवल खेलमा प्रतिवद्ध भएर अगाडी वढ्ने बताइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey