सुदुरपश्चिम स्पोर्टस अवार्ड २०७७ चैत्र ६ गते

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-०४
  • |
  • 240 पटक हेरिएको

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सुदुरपश्चिम स्पोर्टस अवार्ड २०७७ चैत्र ६ गते गर्नेभएको छ । कैलालीमा एक पत्रकार सम्मेलन गर्दै मञ्चले सो जानकारी दिएको हो । गत वर्षदेखि आयोजना गर्दै आएको अवार्डको यो दोस्रो संस्करण हो ।

यस वर्षको सुदुरपश्चिम स्पोर्टस अवार्डमा २०७६साल भर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सफल खेलाडी तथा प्रशिक्षक गरी ९ विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डमा सुदुरपश्चिम प्रदेशका खेलाडी तथा प्रशिक्षकमात्र समावेस छन्।

पहिलो संस्करणमा ६ विधा पुरस्कार दिएकोमा यस वर्ष तीन विधा थप गरि ९ विधामा प्रस्किृत गरिने छ ।

उत्कृष्ट पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेताले नगद ३० हजार मेडल र प्रमाणपत्र पाउनेछन् भने युवा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेताले नगद २५ हजार मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सुदूरपश्चिम आईकन विधाका पुरुष र महिला विजेताले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey