नेपाल ओपनमा २९ राष्ट्रका १ हजार ३ सय खेलाडीले प्रतिस्पर्धा गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-०१
  • |
  • 233 पटक हेरिएको

नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता माघ १३ गतेदेखि हुने भएको छ । ६ संस्था कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङ मिलेर प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा तेक्वान्दोका मुख्य प्रशिक्षक समेत रहेका प्रतियोगिता संयोजक नवीनकुमार श्रेष्ठले जानकारी गराए ।

प्रतियोगितामा विभिन्न २९ राष्ट्रका १ हजार ३ सय खेलाडीको सहभागिता रहने आयोजक समितिका सचिव अशोक खड्काले जानकारी दिए । इरान, सिरिया र रुवान्डामा अनाथ बालवालिका, हिंसा पीडित र शरणार्थी खेलाडीलाई निःशुल्क खेलाइने छ । पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी जम्मा ९० स्पर्धामा प्रतिस्पर्धा हुने छ । कोभिड– १९ को अवस्थामा हरेक उमेरसमूहका खेलाडी चलायमान बनाउने उद्देश्यले प्रतियोगितामा धेरै स्पर्धा समावेश गरिएको प्रतियोगिता संयोजक श्रेष्ठले बताए ।

पुरुष÷महिलामा उत्कृष्ट खेलाडीले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाउने छन् । त्यस्तै ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १ सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिने छ । यो विधाको चयन युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा गरिने छ ।

दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ६० हजार रुपैयाँ खर्च हुने बताइएको छ । प्रतियोगिता कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालन गरिने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal