अरूणा बनिन पिपल्स च्वाइज अवार्डकाे बिजेता

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२८
  • |
  • 218 पटक हेरिएको

पल्सर स्पोर्ट अवार्डमा भोटिङका आधारमा भएको पिपल्स च्वाइस अवार्डको विजेता भलिबलकी कप्तान अरुणा शाही बनिन । उनले सर्वाधिक धेरै मत ल्याउँदै यो अवार्ड जितिन । अरुणाले कुल मतमा ३७ प्रतिशत भन्दा बढि मत पाइन ।

दोस्रो स्थानमा सागमा कराँतेमा दोस्रो स्वर्णपदक जितेका मण्डेकाजी श्रेष्ठ रहे । उनले २८ प्रतिशत मत प्राप्त गरे ।

यस्तै तेस्रो स्थानमा बास्केटबलकी कप्तान सदिना श्रेष्ठ रहिन । उनले १३.१३ प्रतिशत मत प्राप्त गरिन । चौथो स्थानमा पौडीकी गौरीका सिंह १३.३ प्रतिशत प्राप्त गरिन । पाँचौ स्थानमा महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी रहिन । उनले कुल मतमा ७.२ मत प्राप्त गरिन ।

अरुणालाई यो अवार्ड जिताउनका लागि पोखरामा अभियान नै सुरु गरिएको थियो । साथै पुरुष भलिबल प्रतियोगिताको आयोजना नै गरिएको थियो ।

महिला भलिबल टिमकी कप्तान अरुणाले सागमा नेपाललाई रजत पदक जित्दा उत्कृष्ट कप्तानी गरेकी थिइन । यस्तै बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा कप्तानी गरेकी थिइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey