सन्तोषी र आयशाले पाइन स्पेशल अवार्ड

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२८
  • |
  • 282 पटक हेरिएको

पल्सर स्पाेर्टस अवार्डमा याे वर्षको स्पेसल अवार्ड दुईजना खेलाडीले पाए । उनीहरु दुवै सागका स्वर्ण विजेता हुन् र आआफ्नो खेलका लागि विशेष पदक जित्ने कीर्तिमानी खेलाडी पनि हुन् ।

यस वर्षका लागि स्पेसल अवार्ड एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यलाई संयुक्त रुपमा प्रदान गरियो । सन्तोषीले सागमा महिला १० हजार मिटर दौडमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् ।

आमा खेलाडीका रुपमा सागमा २ स्वर्ण जितेर उनी समग्र महिलाहरुकै मार्गदर्शक बनिन् । उनले तेक्वान्दोको पुम्सेतर्फ एकल र टिम स्पर्धामा स्वर्ण जितेकी हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey