पल्सर स्पाेर्टस अवार्डमा मण्डेकाजी र गाैरीका बर्षकाे उत्कृष्ट खेलाडी, अरूणा पिपल्स च्वाइस विजेता

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२८
  • |
  • 148 पटक हेरिएको

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा गत वर्ष नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेताहरुको बर्चश्व रहेको छ । पौडीकी गौरिका सिंह उत्कृष्ट महिला, २ स्वर्ण जितेका कराँतेका मन्डेकाजी श्रेष्ठ उत्कृष्ट पुरुष खेलाडी बने ।

सागमा कराँतेमा दाेहाेराे स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठ बर्षकाे उत्कृष्ट पुरूष खेलाड बने । उनले फुटबलका विकेश कुथु, गल्फका सुवास तामाङ, एथ्लेटिक्सका गाेपी चन्द्र पार्की, तेक्वान्दाेका कमल श्रेष्ठलाइ पछि पारे ।

यस्तै सागमा चार स्वर्णसहित ९ पदक जितेकी पाैडीकी गाैरीका सिंह बर्षकाे उत्कृष्ट महिला खेलाडी बनिन् । उनले तेक्वान्दोकी दोहोरो स्वर्ण पदक जितेकी आयसा शाक्य, कराँतेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उत्कृष्ट बनिन् ।
गौरीकाले कम उमेरमा ओलम्पिक खेल्ने कीर्तिमान पनि बनेकी थिइन । उनी टोकियो ओलम्पिक खेल्नेपनि पक्का गरिसकेको छ ।

भोटिङका आधारमा भएको पिपल्स च्वाइस अवार्डको विजेता भलिबलकी कप्तान अरुणा शाही बनिन । उनले सर्वाधिक धेरै मत ल्याउँदै यो अवार्ड जितिन । अरुणाले कुल मतमा ३७ दशमलव ५२ प्रतिशत भन्दा बढि मत पाइन ।

दोस्रो स्थानमा सागमा कराँतेमा दोस्रो स्वर्णपदक जितेका मण्डेकाजी श्रेष्ठ रहे । उनले २८ दशमलव ४५ प्रतिशत मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा बास्केटबलकी कप्तान सदिना श्रेष्ठ रहिन । उनले १३.१३ प्रतिशत मत प्राप्त गरिन । चौथो स्थानमा पौडीकी गौरीका सिंह १३.३ प्रतिशत प्राप्त गरिन । पाँचौ स्थानमा महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी रहिन । उनले कुल मतमा ७.२ मत प्राप्त गरिन ।

अरुणालाई यो अवार्ड जिताउनका लागि पोखरामा अभियान नै सुरु गरिएको थियो । साथै पुरुष भलिबल प्रतियोगिताको आयोजना नै गरिएको थियो । महिला भलिबल टिमकी कप्तान अरुणाले सागमा नेपाललाई रजत पदक जित्दा उत्कृष्ट कप्तानी गरेकी थिइन । यस्तै बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा कप्तानी गरेकी थिइन ।

उत्कृष्ट युवा खेलाडीकाे अवार्ड सुवास तामाङले जिते । उनले सागमा २ स्वर्ण जितेका थिए । सुवास तामाङ उत्कृष्ट युवा तथा एकै खेलबाट सर्बाधिक १२ स्वर्ण दिलाउने तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । १७ वर्षीय सुवासले तेक्वान्दोका भूपेन श्रेष्ठ र सिना मादेन लिम्बु, भारत्तोलनकी सन्जु चौधरी र जुडोकी पुनम श्रेष्ठलाई पछि पारेका हुन् ।

सागमा ऐतिहासिक रजत पदक र एसियन सेन्ट्रल जोन भलिबलमा स्वर्ण जितेको राष्ट्रिय महिला टोलीलाई टिम अफ दि इयरको रुपमा सम्मान गरियो ।

टेवलटेनिसका ऐतिहासिक पदक विजेता द्वय गीत क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो ।

तेक्वान्दो खेलका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ यसवर्ष उत्कृष्ट प्रशिक्षक चुनिए । यो विधामा कराँतेका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, उसुका अमरकुमार थिङ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका थिए ।

यस वर्षको स्पेसल अवार्ड दुईजना खेलाडीले पाए । उनीहरु दुवै सागका स्वर्ण विजेता हुन् र आआफ्नो खेलका लागि विशेष पदक जित्ने कीर्तिमानी खेलाडी पनि हुन् । यस वर्षका लागि स्पेसल अवार्ड एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यलाई संयुक्त रुपमा प्रदान गरियो । सन्तोषीले सागमा महिला १० हजार मिटर दौडमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । आमा खेलाडीका रुपमा सागमा २ स्वर्ण जितेर उनी समग्र महिलाहरुकै मार्गदर्शक बनिन् । उनले तेक्वान्दोको पुम्सेतर्फ एकल र टिम स्पर्धामा स्वर्ण जितेकी हुन् ।

लाइफटाइम अचिभमेन्ट अवार्ड टेवलटेनिसका कीर्तिमानी खेलाडीहरु गीता क्षेत्री र सिजरिन शाहलाई प्रदान गरियो । उनीहरु सन् १९९१ मा आयोजित पाँचौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् । त्यो नेपाली महिला खेलाडीले सागमा जितेको पहिलो स्वर्ण पनि थियो ।

पारा एथ्लिट अवार्डबाट यस वर्ष हुवीलचियर बास्केटबल तथा क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङलाई सम्मान गरियो ।

हरेक वर्षको विश्व खेलकुद पत्रकार दिवस, जुलाइ २ मा आयोजना हुँदै आएको अवार्ड कोरोना महामारीका कारण यस वर्ष ६ महिना पछि धकेलिएको हो । हंसराज हुलासचन्द एण्ड कम्पनीको मुख्य प्रायोजन रहेको अवार्डका वर्ष खेलाडी पुरुष, महिला, युवा खेलाडी र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् । अन्य विधाका विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

वर्ष २०७६ भरि गरेको प्रदर्शनका आधारमामा १० विधामा अवार्ड प्रदान गरिएको हो । वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथ्लिट सम्मान, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड समावेश थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey