बक्सिङ्का पूर्व निर्णायक थापाको उपचारका लागि सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०२-०७
  • |
  • 278 पटक हेरिएको

नेप्लेज, ७ जेठ । क्यान्सरबाट पीडित नेपाल बक्सिङ संघका संस्थापक सदस्य मञ्जुजंग थापालाई नेपाल बक्सिङ संघले आर्थिक सहयोग प्रदान गरेको छ ।

संघले विदेशमा रहेका विभिन्न संघ संस्थाहरुबाट संकलन गरेको सहयोग संघले आज पूर्व रेफ्री समेत रहेका थापालाई हस्तान्तरण गरेको हो । निर्णायक थापालाई बेलायतमा बसोबास गर्दै आएका पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी बेलायत चेप्टरका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीको समन्वयमा ओलम्पियन बक्सिङ खेलाडी झपट रावल, मेरो हजुर टीम युके, सुरज कार्की, कु्श बस्नेत, जीवन सेन, हरि गुरुङ र राजन खकुरेललगायतले नगद १ लाख ३ हजार ४ सय उपलब्ध गराएको हुन् ।

२०२४ सालदेखि नै कमलपोखरी बक्सिङ क्लब मार्फत बक्सिङ खेल्न सुरु गरेका मन्जुजंग थापा २०३३ सालमा संघका कोषाध्यक्ष हुँदै महासचिव र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । निर्णायक थापा सन् १९८२ देखि नेपालको अन्तर्राष्ट्रिय निर्णायकको रुपमा कार्य गर्दै आइरहेका छन् । थापा विगत दुई वर्ष देखि क्यान्सर रोगको उपचार गर्दै आइरहेका छन् ।

नेपाल बक्सिङ संघका पुर्व कोषाध्यक्ष तथा गायक योगेश्वर अमात्यले ५० हजार, अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश भट्टराईले २५ हजार, नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठले १५ हजार, पूर्व बक्सिङ खेलाडी पुर्णबहादुर लामाले १० हजार, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापाले ५ हजार उपलब्ध गराई सकेको पीडित थापाले जानकारी गराए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey