Prabhu Bank

ओलम्पिकको तयारीका लागि बैंकक पुगेकी साइनालाई कोरोना पोजेटिभ

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७७-०९-२८
  • |
  • 8 पटक हेरिएको

भारतीय महिला ब्याटमिन्टन खेलाडी साइना नेहवाललाई कोरोना पोजेटिभ भएको छ । थाइल्याण्ड ओपन खेल्न गएकी नेहवालको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

सुरुवाती दुई परिक्षण नेगेटिभ आएपनि तेस्रो परिक्षणमा भने उनको रिपोर्ट पोजेटिभ आएको हो । जसका कारण उनी अस्पताल भर्ना भएकी छिन । उनी बाहेक एचएस प्रणयलाई पनि कोरोना पोजेटिभ भएको छ । उनलाई पनि आइसोलेसनमा राखिएको छ ।

दुबै थाइल्याण्ड ओपनका लागि बैंकक पुगेका थिए । यो प्रतियोगिता ओलम्पिक छनोटका रुपमा रहेको छ । मुख्य दुई खेलाडीलाई कोरोना पोजेटिभ भएपछि भारतीय ब्याटमिन्टनलाई ओलम्पिक तयारीमा ठूलो धक्का लागेको छ । यस्तै ओलम्पिकमा छनौट हुने बाटोपनि कठिन बनेको छ ।

नेहवाललाई पोजेटिभ देखिएपछि उनका पति पारुपल्ली कश्यमलाई पनि आइसोलेसनमा राखिएको छ । उनीपनि बैंककमा नै रहेका छन । मंगलबार बैंककमा थाइल्याण्ड ओपनको पहिलो चरणको खेल सुरु भएको छ ।

तर नेहवालको पोजेटिभ आएपछि उनकी प्रतिद्धन्द्धी मलेसियाकी किसोना सेल्वादुरेले वाकओभर पाएकी छिन ।

भर्खरै

Advertisement