टी-१० लिगका लागि अहिलेबाट नै योजना बनाउँदै छु-करण

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२७
  • |
  • 484 पटक हेरिएको

नेपाली क्रिकेट टिमका तिब्र गतिका बलर करण केसी पहिलो पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने तयारीमा छन । उनी पहिलो पटक आबुधावीमा हुने पुणे डेभिल्स टिममा आबद्ध छन । क्रिकेटको छोटो फरम्यानको क्रिकेट खेल्ने तयारीमा रहेका करणले नयाँ चुनौतीका लागि उत्साहितसँगै केहि नर्भस भएको बताएका छन । उनले प्रतियोगिताका लागि मानसिक रुपमा तयारी गरिरहेको र कुन खेलाडीविरुद्ध कसरी खेल्ने भन्ने अहिलेबाट नै तयारी गरिरहेको बताए ।

यसका साथै यो प्रतियोगितामा छनोट हुँदा साथी भाई र विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएको करणले बताए । पहिलो पटक विदेशी स्टार खेलाडीसँग ड्रेसिङ रुम सेयर गर्ने भनेर सोच्दा निकै उत्साहित भइरहेको उनले बताए ।

नेप्लेजसँगको भिडियो कुराकानीमा उनले चोटका कारण राम्रोसँग प्रशिक्षण गर्न नपाएपनि चाँडै पुर्ण रुपमा फिट भएर नेटमा फर्किने बताए । उनले आफु अलराउण्डर भएका कारण पनि टिममा स्थान बनाउने संभावना रहेको समेत बताए । तर टी १० लिगमा यदि मौका पाएको खण्डमा आफ्नो क्षमतालाई राम्रोसँग देखाउने बताए ।

हेरौ टी १० लिगमा छनोट भएपछि पहिलो पटक दिएको अन्तरवार्ता

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey