कामपाद्वारा सामुदायिक विद्यालयलाई खेलकुदका सामाग्री वितरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२६
  • |
  • 880 पटक हेरिएको

काठमाडौं । काठमाडौं महानगरको वडा ७ ले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयलाई खेलकुदका सामाग्री वितरण गरेको छ । आज वडा कार्यालयमा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई बोलाएर सामाग्री प्रदान गरिएको हो ।

वडा ७ का सामुदायिक विद्यालयलाई खेलकुद सामाग्री वितरण समितिका संयोजक एवं वडा सदस्य कृष्णमणि भट्टराई र वडा सदस्य निर्मला पुडासैनीले संयुक्त रुपमा सामाग्री हस्तान्तरण गरेका हुन् ।

खेलकुद सामाग्रीमा हरेक विद्यालयलाई ५ सेट चेस बोर्ड, ५ सेट लुँडो, ५ सेट स्किपिङ्, २ सेट क्यारिम वोर्ड, ३ थान भलिवल, ५ सेट व्याटमिन्टन र ३ सेट भलिवल प्रदान गरिएको थियो ।

विद्यार्थीहरुको शारीरिक विकासका लागि विद्यालयहरुलाई खेलकुद सामाग्री प्रदान गरिएको वडा सदस्य कृष्णमणि भट्टराईको भनाइ छ ।

सहयोग ठूलो नभए पनि महत्वपूर्ण रहेको उनको भनाइ छ । विद्यालयको शैक्षिक गुणस्तरका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेकोले सहयोग गरिएको अर्का वडा सदस्य पुडासैनीले बताए ।

वडा ७ मा श्रम राष्ट्रिय माद्यमिक विद्यालय, पशुपति मित्र माद्यमिक विद्यालय, मित्र आधारभूत विद्यालय र बाल व्यवसायी केन्द्र माद्यमिक विद्यालय गरी ४ वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयहरुमा करीब ४ हजार बिद्यार्थी अध्ययन गर्छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey