खुला भलिबलको उपाधि रुकुम पश्चिमलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२६
  • |
  • 247 पटक हेरिएको

लक्ष्मण बस्नेत – दाङको तुलसीपुरमा भएकाे खुला पुरुष भलिबल प्रतियोगिता २०७७ को उपाधी जिल्ला भलिबल संघ रुकुम पश्चिमले जितेको छ ।

स्वतन्त्र युवा क्लब तुलसीपुरको आयोजनामा अरनिको मैदानमा संचालित प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरी बल न ५ बाहिनीलाई २५-२३, २५-१८ र २५ -१५ को सोझो सेटमा पाखा लगाउदै जिल्ला भलिबल संघ रुकुम पश्चिमले उपाधि जितेको हो ।

उपाधिसंगै उसले नगद ५० हजार,ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारेको छ । त्यस्तै फाइनलमा पराजित सशस्त्र प्रहरी बल न ५ बाहिनी उपबिजेतामा समित रहदै २५ हजारमा चित्त बुझाउन बाध्य भयो ।

त्यस्तै डि।बि।फेसन गार्मेट तृतिय भयो । उसले नगद १५ हजार जित्यो । स्थानियस्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकासमा टेवा पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey