पिपल्स च्वाइस अवार्ड जिताउन मण्डेलाई २ लाख सहयाेग

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२६
  • |
  • 183 पटक हेरिएको

पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका सागमा कराँतेका दोहोरो स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठलाई जिताउनका लागि जिल्ला खेलकुद विकाश समिती भक्तपुरको समन्वयमा दुई लाख रुपैयाँ सहयोग गरिएको छ ।

भक्तपुर जिल्ला खेलकुद विकाश समितीका अध्यक्ष श्रीभक्त कासिछवाको संयोजकत्वमा मण्डेलाई जिताउनका लागि विभिन्न ब्यापारी समाजसेवी र खेलप्रेमीहरुबाट दुई लाख रुपैयाँ सहयो गरिएको छ ।

यो अवार्ड जिताउनका लागि मण्डेलाई विभिन्न क्षेत्रबाट सहयोग भइरहेको छ । १३ औं दक्षिण एशियाली खेलकुद सागमा कराँतेको एक र टिम कातामा स्वर्ण जितेका मण्डेलाई सहयो भक्तपुरबाट सहयोग गर्नेमा अध्यक्षसहित किरण थापा, विज्ञान राई, रोमन सिलाकार, पुर्ण लिम्बु, यादव राई, डिल्ली बराइली, वेभ ग्रुप, स्वनिग बचत तथा ऋण सहकारी सस्था लि. र कल्पबृक्ष बचत तथा ऋण सहकारी सस्था लिमिटेड रहेका छन ।

नेपाल खेलकुद पत्रकार मञ्चले पुष २८ गते गर्ने कार्यक्रममा पिपल्स च्वाइस अवार्डकाे मनाेनयनमा मण्डेकाजीसँगै फुटबलकी सावित्रा भण्डारी, बास्केटबलकी सदिना श्रेष्ठ, पाैडीकी गाैरीका सिंह र भलिबलकी अरूणा शाही छन । अरूणालाइ दिलाउनका लागि पनि पाेखरामा बिभिन्न कार्यक्रम गरिएकाे छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey