पुष्पलाल स्मृती ब्याडमिन्टनको तयारी पुरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२५
  • |
  • 225 पटक हेरिएको

१० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएका छन् ।

नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिका, लाहानको संयुक्त आयोजनामा हुने प्रतियोगिता पौष २९ गते देखि माघ ३ गते सम्म गोलबजार, लाहानमा हुँदै छ । प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघ र गोलबजार ब्याडमिन्टन संघले सहयोग गर्ने भएका छन् ।

एक मात्र राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयरी पुरा भएको छ अध्यक्ष विरेन्द्र श्रेष्ठले बताए । ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्धेश्यले प्रतियोगितालाई उपत्यका बाहिर आयोजना गर्दै जाने लक्ष संघको रहेको छ । गोलबजार ब्याडमिन्टन क्लबको सहयोगमा गोलबजार नगरपालिकाले खेलाडीहरुको खाने, बस्ने र प्रतियोगिता आयोजनाको ब्यवस्था गर्ने संघका अध्यक्षले बताए ।

प्रतियोगितामा पुरुष एकल ९शिर्ष १६ स्थानका खेलाडीहरु० र महिला एकल ९शिर्ष १२ स्थानका खेलाडीहरु०, पुरुष एकल ९शिर्ष १६ देखि बाहेक० र महिला एकल ९शिर्ष १२ देखि बाहेक०, पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु – १७ एकल र ४५ बर्ष माथिको भेट्रान्स युगल गरि १० विधामा प्रतिपर्धा हुने छ । प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसंग आवद्ध ४७ जिल्ला, तीन विभागिय टोली नेपाली सेना त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब गरि करिव २०० खेलाडीहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको ¥याङ्किङ्ग प्रतिस्पर्धामा सहभागी खेलाडीहरुले सहभागिता भएबापत १ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै पहिलो चरण लिगमा बिजयी हुने खेलाडीहरुले प्रत्येक खेल बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । यस्तै क्वाटरफाईनमा विजयी खेलाडीहरुले ८ हजार प्राप्त गर्ने छन् भने सेमिफाईनलमा विजयी खेलाडीहरुले १६ हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा विजयी खेलाडीहरुले थप २० हजार प्राप्त गर्नेछन् भने उपविजेता खेलाडीहरुले थप ५ हजार प्राप्त गर्नेछन् ।

यस्तै अन्य विधामा ¥याङ्किङ्ग बाहेकका प्रतियोगितामा पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ बर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजेताले नगद १० हजार र शिर्ष चारमा पुग्नेले नगद ५÷५ हजार प्राप्त गर्नेछन् । यसैगरि छात्र तथा छात्रा यु – १७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शिर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४÷४ हजार प्राप्त गर्नेछन् । खेलाडीहरुले नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

कुल १९ लाख ८४ हजार लागत रहेको प्रतियोगितामा पुरस्कार तर्फ ५ लाख ५८ हजार तथा अन्य संचालन खर्च रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादक तथा वितरक योनेक्स सनराईज रहेको छ । योनेक्सले नेपालमा ब्याडमिन्टन खेलको विकासमा सहयोग पु¥याउने उद्धेश्यले लामो समय देखि विभिन्न प्रतियोगितामा प्रायोजन गर्दै आईरहेको छ । यस्तै सह प्रायोजकमा राष्ट्रिय खेलकुद परिषद् रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal