कोरोनाका कारण दोस्रो पटक ओलम्पिक टर्च र्याली स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२३
  • |
  • 154 पटक हेरिएको

जापानमा कोरोना भाइरसका प्रभाव झन बढेपछि आसन्न टोकियो ओलम्पिकको टर्च र्याली स्थगित गरिएको छ । कोरोनाका कारण ओलम्पिकको टर्च र्याली स्थगित भएको यो दोस्रो पटक हो ।

टोकियो महानगरपालिकाले विहिबार विज्ञेप्ती जारी गर्दै ओलम्पिक टर्च र्याली स्थगित गरेको जनाएको छ । टोकियोले सो र्याली फेब्रेवरी एक तारिखसम्मका लागि स्थगित गरेको जनाएको छ ।

कोरोना संक्रमणको दर कम भएमा नोभेम्बर दुई तारिखदेखि टर्च र्याली फेरी सुरु गरिने जनाएको छ । हालसम्म यो र्याली विभिन्न १४ स्थानमा प्रदर्शन गरिएको छ । यसअघि पहिलो पटक जापानमा कोरोनाको असर उच्च रहेका बेलापनि र्याली स्थगित भएको थियो ।

जापान तथा टोकियोमा कोरोनाको संक्रमण दर बढ्न थालेपछि जापानका केहि शहरमा आपतकालिनको घोषणा गरेको छ । कोरोना कै कारण ओलम्पिक एक बर्षका लागि सरेर २०२१ को जुलाई २३ देखि अगष्ट आठ तारिखसम्मका लागि तय गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey