खेलाडीले कहिलेसम्म हकहितका लागि नयाँ मन्त्री पिच्छे ज्ञापनपत्र बुझाउने ? (भिडियाे रिपाेर्ट)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२२
  • |
  • 481 पटक हेरिएको

नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको छाता संस्था एनएनआईपीएले युवा तथा खेलकुदमन्त्री परिवर्तनहुनासाथ विशेष कार्यक्रम गरि बधाई तथा शुभ कामना दिँदै आएको छ । एउटा सकारात्मक कदम भए पनि हरेक पटक उक्त कार्यक्रममा खेलाडीहरुले आफ्ना हकहितका लागि नयाँ मन्त्रीलाई ध्यानाकर्षण गराउँदै पनि आएका छन् । ३४ महिना अघि मन्त्रालयको नेतृत्व गर्दा जगतबहादुर विश्वकर्मासँग खेलाडीहरुले अपेक्षा राखेका थिए, अहिले नयाँ मन्त्री दावा तामाङसँग पनि सोही कुराहरु राखेका छन् ।

संसदबाट दुई तिहाई बहुमतका साथ सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि छन् तर खेलकुदमन्त्री भने फेरिएका छन् । यो बीचमा १३ औं दक्षिण एशियाली खेलकुद साग भव्यताका साथ सम्पन्न भयो र ५१ स्वर्ण पदक जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । नेपाली खेलाडीहरुले चार वर्षदेखि सरकारबाट प्रोत्साहन भत्ता पाउँदै आएका थिए ।

नेपालबाट प्रोत्साहन भत्ता पाउने खेलाडीमा ओलम्पिकमा सहभागी भएका ओलप्यिन, एशियाली खेलकुदका पदकधारी र सागमा स्वर्ण पदक जितेकाले ४ हजारदेखि ६ हजार रुपैयाँ मासिक रहेको छ । १३ औं सागका पदक विजेताले मासिक प्रोत्साहन भत्ता त पाउन सकेका छैनन् नै सँगसँगै अरु खेलाडीहरुले गत साउनदेखि त्यो भत्ता हात पारेका छैनन् ।

विगतमा खेलाडीहरुकै बैंक खातामा जाने भत्ता अहिले रोकिए पछि नयाँ मन्त्री आएको अबसर छोप्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वुधबार बधाई कार्यक्रमसँगसँगै ६ बुँदे ध्यानाकर्षण पत्र पनि बुझायो । त्यो ६ बुँदामा विगतदेखि नै उठाउँदै आएका मागहरु रहेका एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ बताउँछन् । खेलाडीहरुले अहिलेसम्म केही नपाएका भने होइनन् । पटक पटक ध्यानकर्षण गराउँदा खेलाडीहरुको जीवन विमा लगाएतका कुराहरु भने भएको अध्यक्ष श्रेष्ठले बताए ।

केपी ओलीको सरकार गठन हुँदा राजनीतिक स्थायित्को कुरा उठेको थियो । फलस्वरुप नौं नौं महिनामा सरकार परिवर्तन भइरहने खेल रोकिए पनि विभिन्न मन्त्रालयमा मन्त्री आउने र जाने क्रम भने जारी नै रह्यो । अपबादमा रहेको युवा तथा खेलकुदमन्त्रालयमा संसद् विघटन पछि राजनीतिक समिकरण हेरफेर हुँदा पुराना मन्त्री विदा भए र नयाँ मन्त्री आएका छन् । यसरी नयाँ नेतृत्व आउँदा खेल क्षेत्रलाई बुझ्न केही समय लाग्ने भएको र बुझेको व्यक्ति हट्दा फेरि शुरुबाटै हकहितका कुराहरु गर्नुपर्ने अवस्था रहेको पनि अध्यक्ष श्रेष्ठले बताए ।

युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेलाडीहरुले अब आन्दोलन गर्नुपर्ने दिन नआउने प्रतिबद्धता जनाएका छन् । खेलाडीको हकहितका लागि आफू सधैं लाग्ने बताउँदै सबैसँग सल्लाह गरेर अघि बढ्ने पनि बताए ।

एउटा परम्पराजस्तै के बनेको छ भने हरेकपल्ट मन्त्री परिवर्तन हुँदा खेलाडीले आफ्नो मागबारे स्मरण गराउने गरेका छन् । तर ती मागहरु पूरा गर्नका लागि खेलकुद पृष्ठभूमि भएका नेतृत्व नआउँदा समस्या भएको छ ।

नेपालका कीर्तिमानी धावक बैकुन्ठ मानन्धरको यो यो भनाईले पुष्टि गर्छ कि खेलाडीहरु के आशा गर्छन् भनेर । खेलाडीको माग सहज छ । उनीहरु प्रोत्साहन, पुरस्कार, पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता र रोजगार चाहन्छन् र भनिरहेका छन् हाम्रो अभिभावकसँग नमागेर कोसँग माग्ने ?

हेराै भिडियाे रिपाेर्ट

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey