Mega Bank

खेलाडी संघलाई मन्त्रीको जवाफ ‘सल्लाह गरेर अघि बढ्छु’

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-०९-२२
  • |
  • 82 पटक हेरिएको

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ(NNIPA)ले नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई ध्यानाकषर्ण गराएको छ । मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच खेलाडीसंघले बधाई तथा शुभ कामना दिँदै खेलाडीहरुका हकहितबारे ध्यानाकर्षण गराएको हो ।
संघका अध्यक्ष दीपक श्रेष्ठ, मानार्थ अध्यक्ष दीपक विष्ट, धावक बैकुण्ठ मानन्धर, फुटबल प्रशिक्षक राजुकाजी शाक्य, लगाएतले मन्त्री तामाङलाई ६ बुँदे ध्यानाकषर्ण पत्र बुझाएका हुन् ।

खेलाडी संघले ओलम्पियन, एशियाली खेलकुद र सागका स्वर्ण पदक विजेताले पाउँदै आएको प्रोत्साहन भत्ता साउनदेखि पाउन नसकेको भन्दै तत्काल दिलाउने व्यवस्था गर्न माग गरेका छन् ।

चारवर्षदेखि ओलम्पियन, एशियाली र साग खेलकुदका स्वर्ण पदकधारीले मासिक भत्ता पाउँदै आएकोमा नयाँ आर्थिकवर्षदेखि रोकिएको छ ।
कार्यक्रममा खेलाडीसंघका अध्यक्ष दीपक श्रेष्ठले सरकारले प्रोत्साहन भत्ताका विषयमा कार्यविधि बनाउन लागेको कुरा सकारात्मक भए पनि सधैं एउटै कुरामा लागि रहनु पर्ने बाध्यत हटाउन जोड दिए । उनले भने ‘मन्त्री ज्युले पहिलो निर्णय नै कार्यविधिका लागि कार्यदल बनाउने गरि गर्नुभएको छ । यसले समग्र खेल क्षेत्रलाई नै हौसला प्रदान गरेको छ ।’

मानार्थ अध्यक्ष दीपक विष्टले साउनदेखि रोकिएको भत्ता उपलव्ध गराउन माग गर्दै त्यसमा बढाएमा झनै राम्रो हुने उल्लेख गरे ।
ओलम्पियन वैकुण्ठ मानन्धरले पहिले भन्दा अहिलेका खेलाडीहरुलाई केही सहज भए पनि पर्याप्त नभएको बताएका थिए ।

खेलाडीहरुका कुरा सुनेपछि युवा तथा मन्त्री तामाङले भर्खरै मन्त्रालय सम्हालेको बताउँदै समग्र खेल क्षेत्रको विकासका लागि आफू लागि पर्ने प्रतिवद्धता जनाएका छन् । खेलाडी संघबाट आएको ध्यानाकर्षण पत्रबाट आफ्नो ध्यान केन्द्रीत भएको बताउँदै आगामी दिनमा खेलकुदलाई राम्रो बनाउनका लागि सबैसँग सल्लाह गरेर मात्र अघि बढ्ने बताए ।

भर्खरै

Advertisement