बर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा सागका पदक विजेताको बर्चश्व

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२१
  • |
  • 208 पटक हेरिएको

पल्सर स्पोर्टस अवार्डका लागि चारवटा विधाको उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । जसमा उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक रहेका छन । त्यसमा उत्कृष्ट पुरुष, महिला र युवा खेलाडीको मनोनयनमा पर्ने सबै १३ औं दक्षिण एशियाली खेलकुद सागमा पदक जित्ने खेलाडी परेका छन ।

खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्डका लागि उत्कृष्टको मनोनयनमा पर्ने हरेक चार विधामा पाँच पाँच खेलाडी परेका छन । उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा पर्ने खेलाडीमा कराँतेका मण्डेकाजी श्रेष्ठ, गल्फका सुवास तामाङ, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथु छन ।

यस्तै उत्कृष्ट महिला खेलाडीको मनोनयनमा पौडीकी गौरीका सिंह, एथ्लेटिक्सकी सन्तोषी तामाङ, तेक्वान्दोकी आयशा शाक्य, ट्रायथलनकी सोनी गुरुङ, कराँतेकी अनु अधिकारी छिन ।

उत्कृष्ट युवा खेलाडीमा सुवास तामाङसँगै, तेक्वान्दोकी सिना लिम्बु मादेन, तेक्वान्दोकै भुपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ र भारत्तोलनकी सञ्जु चौधरी मनोनयनमा परेकी छिन ।

बर्षको उत्कृष्ट पुरुष खेलाडीमा तेक्वान्दोका नवीन श्रेष्ठ, कराँतेका मदन उप्रेती, उसुका अमर कुमार थिङ, पौडीका शंकर कार्की र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका छन ।

सागमा चार स्वर्ण जित्ने गौरीका, गल्फका दोहोरो स्वर्ण विजेता सुवास तामाङ र करातेका मण्डेकाजी श्रेष्ठ दुई विधामा मनोनयनमा परेका छन । गौरीका पिपल्स च्वाइस अवार्ड र उत्कृष्ट महिलामा, सुवास उत्कृष्ट पुरुष र युवा तथा मण्डे उत्कृष्ट पुरुष र पिपल्स च्वाइस अवार्डमा मनोनयनमा परेका छन ।

मञ्चले यो बर्षबाट पारा एथलिट अवार्डको नाम परिवर्तन गरेर पारा एथलिट सम्मान राखेको छ । बर्षको उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस अवार्डको विजेताले एक एक थान पल्सर मोटरसाइकल पाउनेछन । अवार्ड पुष २८ गते हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal