लामो समयपछि प्रशिक्षणमा फर्किदा उत्साहित तेक्वान्दो खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२१
  • |
  • 201 पटक हेरिएको

नेपालमा कोरोनाका कारण खेलाडीले कतिको मानसिक दबाव खेपेको मुल्यांकन कसैलेपनि गर्न सकेका छैनन् । लामो समय प्रशिक्षण विहिन हुँदा खेलाडीको फिटनेमा मात्र होइन, खेलमा पनि ठुलो असर परेको छ । यहि विचमा कतिपय संघले आफ्ना खेलाडीलाई प्रशिक्षणमा फर्काइसकेका छन भने कतिपय संघ अझैपनि खेलाडीलाई कहिले प्रशिक्षण गराउने भन्ने योजना नै बनाउन सकेका छैनन् ।

अहिलेसम्म फुटबल, क्रिकेट, ब्याटमिन्टन, टेबल टेनिस संघले खेलाडीलाई प्रशिक्षण राखेका छन । तेक्वान्दोले आइतबारबाट मात्र आफ्नो राष्ट्रिय टिमको तयारी सुरु गरेको छ । तर लामोसमयपछि प्रशिक्षणमा फर्काउन संघलाई पनि निकै कठिन भएको छ ।

वर्षैभरि अभ्यासमा ब्यस्त हुने खेलाडीे नौ महिनाको लामोसमय घरमै थन्किदा खेलमा ह्रास आउँदा खेलाडी निकै चिन्तित् थिए । अहिले फेरी प्रशिक्षणमा फर्किन पाउँदा खेलाडीमा छुटै उत्साह देखिएको छ । प्रशिक्षणमा फर्किएका खेलाडी पुरानो लयमा फर्किनका लागि निकै आतुर देखिएका छन ।

तेक्वान्दो कन्ट्याक्ट गेम भएकोले अरु खेलभन्दा धेरै साबधानी जरुरी हुनेहुँदा केही ढिलो भएको हो ।

नेपालमा कोरोनाको प्रभाव कम भएसंगै राष्ट्रिय खेलकुद परिषद्ले सबै खेल गतिविधि संचालनको अनुमति दिइसकेको छ । तर अहिलेसम्म पाँच छ खेल बाहेक अरु खेलले पूर्णरुपमा खेलाडीलाई अभ्यासमा फर्काउन सकेको छैन ।

लामो समयको घरबसाईले खेलाडीको लेभेल नै घटिसकेको छ भने संघहरुमा आर्थिक समस्या देखिनथालेको छ । त्यसैले अव पनि सम्पुर्ण खेलगतिविधि संचालनमा राखेपले पहलकद्मी न लिए आउने प्रतियोगितामा नेपालले ठूलै नोक्सानी ब्यहोर्नुपर्नेमा दुईमत छैन ।

संघले अहिले विभागिए टिम बाहेकका खेलाडीलाई प्रशिक्षण गराइरहेको छ । चाँडै विभागिए टिमका खेलाडीलाई पनि प्रशिक्षणमा बोलाएर पुर्ण रुपमा खेलाडीलाई नियमित अभ्यासमा ब्यस्त बनाउने योजना बनाएको छ । संघले हरेक दिन विहान खेलाडीलाई प्रशिक्षणमा राखेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey