एशियन तेक्वान्दो च्याम्पियनसिपका लागि नेपाली टोलीको बिदाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०२-०६
  • |
  • 732 पटक हेरिएको

नेप्लेज, ६ जेठ । २३औं एशियन तेक्वान्दो तथा पाँचौं एशियाली पुम्से तेक्वान्दो च्याम्पयनसिपमा सहभागिता जनाउने ६ खेलाडीलाई सोमबार बिदाई गरिएको छ । नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पाले ५ प्रशिक्षकसहित ६ खेलाडीलाई बिदाई गरेका हुन् ।

भियातनाम जाने नेपाली खेलाडीहरुमा पुरुषतर्फ ५४ केजीमूनि तौलसमूहमा मनोज मल्ल, ७४ केजीमूनि तौलसमूहमा दुर्गाबहादुर थापा र पुम्सेमा ३० वर्षमूनि उमेरसमूहमा कमल श्रेष्ठ छन् ।

त्यस्तै महिलातर्फ ४९ केजीमूनिमा कल्पना चौधरी, ५७ केजीमूनिमा सीता तामाङ र पुम्सेका ३० वर्षमुनि उमेरसमूहकी पार्वती तामाङ छन् । प्रशिक्षकहरु टार्जन सुब्बा र प्रकाशमान राजभण्डारी छन् ।

साथै भियातनाममै हुने चौथो एशियाली पारा तेक्वान्दोका लागि दुई महिला र दुई पुरुष पारा खेलाडीलाई पनि सोमबारै बिदाई गरिएको छ । महिलातर्फ ५८ केजीमूनिमा सीता भण्डारी र ५८ केजीमाथिमा पलेशा महर्जनले नेपालको तर्फबाट चुनौति प्रस्तुत गर्नेछन् ।

त्यस्तै पुरुषतर्फ ५८ केजीमूनिमा गोविन्द थापा र ६१ केजीमूनिमा रामबहादुर अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता आगामी जेठ १० देखि १४ गतेसम्म भियातनाममा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey