लमही मैदानमा फ्लर्ड लाइट जडान गर्छौं : सदस्यसचिव सिलवाल

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१९
  • |
  • 1019 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् राखेका सदस्यसचिव रमेशकुमार सिलवालले दाङको लमही क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान गर्ने प्रतिवद्धता जनाएका छन् ।

कोरोनाका कारण यस वषको बजेट कटौती भए पनि आफूले यस विषयमा सोँच बनाइरहेको जानकारी दिए । काठमाडौंमा मात्रै प्रतियोगिता गर्ने चलन पुरानो रहेको बताउँदै सदस्यसचिव सिलवालले लमहीले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता गरेको थियो भने अहिले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि सम्पन्न गरेको छ ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको समापनका अबसरमा सदस्य सचिव सिलवालले लमही मैदानमा अन्तर्राष्ट्रिय स्तरको डे नाइट प्रतियोगिता गराउने गरि आफूले काम गर्ने प्रतिबद्धता पनि जनाए ।

अहिले राखेपले विभिन्न ठाउँमा गरि ११ वटा क्रिकेट स्टेडियम निर्माण गरिरहेको जानकारी दिँदै मूलपानी क्रिकेट मैदान पनि यो वर्ष पुरा हुने विश्वास व्यक्त गरे ।

यसैगरी कोहलपुर क्रिकेट मैदानको काम पनि अघि बढ्ने जानकारी दिँदै भैरहवालाई पनि आफूले प्राथमिकतामा राखेको बताए । यस्तै महिला क्रिकेटको चर्चा गर्दै सदस्य सचिव सिलवालले विश्वमा नेपाली महिला क्रिकेट टिमले नेपाललाई चिनाउन सफल हुने विश्वास व्यक्त गरे । १३ वर्षिया खेलाडी जोत्सना मरासिनीको चर्चा गर्दै यस्ता प्रतियोगिताले खेलाडीको प्रतिभा बाहिर ल्याउन मद्दत गर्ने पनि विश्वास व्यक्त गरे ।

साथै उनले महिला क्रिकेट प्रतियोगिताहरु कम भएको तर्फ इंगित गर्दै प्रतियोगिताहरु बढाउन नेपाल क्रिकेट संघ क्यानलाई आग्रह पनि गरे । यसैगरी महिला खेलाडीहरुका गुनासाहरु आफूले केही सुनेको बताउँदै ती गुनासाहरु सम्बोधन गर्न पनि क्यानलाई सिलवालले आग्रह गरे ।

नेपाली पुरुष क्रिकेट टिमको प्रशिक्षकमा डेभ वाटमोर आउन लागेको विषयमा पनि खुसी व्यक्त गर्दै उनीबाट महिला खेलाडीले पनि प्रेरणा लिन सक्ने उल्लेख गरे । तर, त्यसका लागि क्यानले पहल गर्नुपर्नेमा उनको जोड थियो ।

लमहीमा ११ गतेदेखि शुरु भएको प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि डिफेन्डिङ च्याम्पियन एपीएफलाई पराजित गर्दै प्रदेश एकले जितेको छ । आइतबार भएको फाइनलमा एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश एक ले उपाधि जितेको हो । उपाधि जितेको प्रदेश एकले ५ लाख नगद पुरस्कार प्राप्त गर्दा उप विजेता भएको एपीएफले तीन लाखमा चित्त बुझाएको छ ।

राखेपको आर्थिक सहयोग तथा क्यानको लुम्बिनी प्रदेश समितिले आयोजना गरेको यस प्रतियोगितामा सात वटा प्रदेश र विभागीय क्लब एपीएफ गरि आठ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको सगरमाथा सिमेन्टले प्रायोजन गरेको थियो भने प्रतियोगिताका खेलहरु एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey