लयमा लिभरपुल, हडर्सफिल्ड ३–० ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 192 पटक हेरिएको

माघ १७, काठमाडाैं । इंग्लिस प्रिमियर लिगमा चौथो स्थानको लिभरपुलले रेलिगेसनबाट जोगिन संघर्षरत हडर्सफिल्ड टाउनविरुद्ध ३–० को जित आत्मसाथ गरेको छ ।

जनवरी ट्रान्सफरमा मुख्य प्लेमेकर फिलिप काउटिन्हो बार्सिलोनामा आवद्ध भएपछि पनि लिभरपुलको लयमा कुनै असर नपरेको देखिएको छ । यद्यपि उसले ठूला क्लवहरुसँग खेलेको छैन ।

मंगलबार राति हडर्सफिल्डलाई उसकै मैदानमा हराउने क्रममा लिभरपुलका एम्री क्यानले पहिलो गोल गरेका थिए । त्यस्तै पहिलो हाफको अन्त्यतिर रोवर्टो फिर्मिनोले गोल गरे ।

७८औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीको शानदार जित सुनिश्चित गरे ।

जितसँगै लिभरपुल अंकतालिकाको चौथो स्थानमा यथावत छ । उसले लिगको २५ खेलबाट ५० अंक जोडेको छ । यता हडर्सफिल्ड २४ अंकका साथ १४औं स्थानमा रहे पनि रेलिगेसन जोनबाट मात्र १ अंकले अगाडि छ ।

मंगलबारै भएको अर्को खेलमा आर्सनलले लिगमा सातौं तथा पछिल्लो तीन खेलमा दोस्रो हार ब्यहोर्ने क्रममा स्वान्सी सिटीसँगै उसकै मैदानमा ३–१ गोलले पराजित भयो । पछिल्लो दुई खेलमा स्वान्सीले लिभरपुल र आर्सनललाई पराजित गरी लिगमा फर्कने संकेत गरेको छ ।

अर्को खेलमा वेष्टह्याम र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey