कप्तान सदीनाको प्रश्न, बास्केटबल खेल्ने पूर्वाधार नै छैन,हामी कहाँ खेल्ने ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१४
  • |
  • 670 पटक हेरिएको

सदीना श्रेष्ठ नेपाली महिला बास्केटबल टिमकी कप्तान हुन् । नेपालमा क्रिकेट, फुटबल, भलिबल जस्तो चर्चाको शिखरमा बास्केटबलको स्थान पुगिसकेको छैन् । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पहिलो पटक महिला बास्केटबल इभेन्ट समावेश हुँदा नेपाली महिला टिमले फाइनलसम्म यात्रा तय गरेको थियो ।

नतिजा भने रजत पदकमा आएर रोकियो । साग गेम पछाडि नेपालमा बास्केटबलले केही हदसम्म चर्चा पायो नै, साथै कप्तान सदिनालाई प्रतियोगिता सकिएको एक दुई महिना त अन्तर्वार्ताका लागि भ्याइ नभ्याई नै भयो । कोरोना महामारीका कारण मुलुक लकडाउन भयो खेलकुद गतिविधि ठप्प भए ।

महामारी कम भएको अवस्थामा अहिले नेपाली खेलकुद पुनः मैदान फर्कदैं छ । क्रिकेट फर्किसकेको छ भने फुटबल नेपाली मैदानमा फर्कने तयारीमा छ ।

तर बास्केटबल कहिले कोर्टमा फर्कला त्यो भने भन्न सक्ने अवस्था नै छैन । नेपाली खेलकुदको पूर्वाधारको कुरा गर्ने हो भने बास्केटबल खेल्ने ठाउँ नै छैन भन्दा हुन्छन् । हो, तपाईले भन्नुहोला बास्केटबलका कोर्ट काठमाडौका विभिन्न ठाउँमा छन् । तपाईले ठिकै भन्नुभयो, ती जम्मै निजि स्तरका स्कूल कलेज र सरकारी विश्वविद्यालयमा त छन् तर राष्ट्रिय टिमले नियमित प्रशिक्षण गर्ने कोर्ट छैन् ।

पछिल्लो समय नेपाली खेलकुद पत्रकारहरुको छाता संस्था एनएसजेफले प्रदान गर्ने खेलाडीहरुको प्रतिष्ठित अवार्डका लागि पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गरेको छ । त्यो मनोनयनमा बास्केटबलकी कप्तान सदीना श्रेष्ठ पनि रहेकी छिन् । पाँच जनाको मनोनयन सार्वजनिक गर्दा उनी एक प्रतिस्पर्धी हुन् ।

मनोनयनमा परेका खेलाडीहरुले भोटको क्याम्पेनिङ गरिरहेका बेला सदीनाले नेप्लेजसँगको कुराकानीका क्रममा भनिन् ‘भोटबाट अवार्ड जितिएला या नजितिएला तर पहिलो पटक बास्केटबलले पनि एनएसजेएफको मञ्च पाएको छ । यसलाई म पक्कै न्याय गर्ने प्रयासमा छु ।’ हेरौं उनै सदीनासँग नेप्लेजका लागि मुक्तिबाबु रेग्मीले गरेको यो कुराकानी भिडियोमा ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal