राखेप बाेर्ड सदस्य केसीकाे राजिनामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१४
  • |
  • 216 पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादको असर नेपाली खेलकुदमा पनि देखिन थालेकाे छ । जसका पछिल्लाे उदाहरण राखेपका बाेर्ड सदस्य अर्जुनबहादुर केसी बनेका छन् । केसीले पार्टीकाे विवादका कारणले सदस्य पदबाट राजीनामा दिएका छन् ।

तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले राष्ट्रिय खेल संघको सिफारिसमा केसीलाई साउन १५ गते सदस्य नियुक्त गरेका थिए । उनीसँगै अरू ६ जनापनि सदस्यमा चयन भएका थिए । 

तर पार्टीकाे विवादका कारण उनले अहिले राजिनामा दिएका छन् । केसीले आइतबार युवा तथा तथा खेलकुद मन्त्रीलाई राजीनामा दिएका हुन् ।

पार्टी बिभाजनपछि खेमामा रहेका पार्टी निकटका पदाधिकारी बाडफाडकाे काम सुरू भइसकेका छ।  यस्तै यसकाे असर खेलकुदमा पनि देखिएकाे छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गते कार्यनयनमा आएपछि गठन भएको राखेपमा उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट सदस्यमा नियुक्त भएका थिए।

बोर्डले पूणता नपाउँदै केसीले राजीनामा दिएका छन् । उनले युवा तथा खेलकुद मन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।

`प्रधानमन्त्री ओलीकाे असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदमविरुद्व सिंगो देश आन्दोलनमा रहेका बेला अबैधानिक सत्ताको पक्षमा रहेर उसका हतकण्डाको रमिते बन्नु उचित रहेन’, भन्दै राजीनामा दिएको स्पष्ट पारेका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal