दाङको तुलसीपुरमा खुला भलिबल प्रतियोगिता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१३
  • |
  • 163 पटक हेरिएको

लक्ष्मण बस्नेत।

दाङको तुलसीपुरमा खुला भलिबल प्रतियोगिता हुने भएको छ ।  स्वतन्त्र युवा क्लब तुलसीपुर ६ राजापुरको आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता यहि पुस २३ गतेदेखि सुरु हुन लागेको हो ।

स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १८ बढी टिमको सहभागिता रहने क्लब का अध्यक्ष संदिप गौतमले जानकारी दिए ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसिपुर ५ मा रहेको अरनिको खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ ।

प्रतियोगिता को बिजेता टिमले नगद ५० हजार,कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार तथा प्रमाणपत्र र तृतीय हुने टिम ले नगद १५ हजार, प्रमाणपत्र हात पार्ने प्रतियोगिता संचालन समितिका संयोजक एच आर मगर ले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal