काठमाडौंमा डेरा खाेज्दै खेलकुदमन्त्री तामाङ !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१३
  • |
  • 344 पटक हेरिएको

मुक्तिबाबु रेग्मी । नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङलाई अहिले काठमाडौंमा कोठा खोज्ने चुनौती थपिएको छ । सिन्धुपाल्चोकका तामाङ शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा युवा तथा खेलकुदमन्त्रालयको जिम्मेवारीमा आएका थिए । उनले आइतबार सिंहदरबार पुगेर पदबहाली पनि गरिसकेका छन् ।

तर, मन्त्रीहरुको सरकारी क्वाटर पुल्चोकमा उनले बस्ने स्थान पाएनन् । जसका कारण उनलाई अहिले आवास खोज्नु पर्ने बाध्यता आइलागेको छ । यसअघि पेप्सीकोलामा बस्दै आएका मन्त्री तामाङलाई अहिलेको स्थान अपुग भएकाले नयाँ डेरा खोज्नु पर्ने बाध्यता आइलागेको हो ।
मन्त्री भएपछि १३ जना सुरक्षाकर्मी सहित कम्तिमा तीन चार वटा गाडी अट्ने ठाउँ सहित कम्तिमा साढे दुई तलाको घर खोजि रहेको मन्त्रीका एक आफन्तले नेप्लेजलाई जानकारी दिए ।

युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ पदबहाली गरेपछि हस्ताक्षर गर्दै, साथमा सचिव रामप्रसाद थपलिया

 

पहिलो प्राथमिकता पेप्सीकोला आसपासमै खोजिएको नभेटिए जोरपाटी, नारायणटारसम्म भएपनि हुने ती आफन्तले बताए ।
पुल्चोकमा रहेको मन्त्री आवास क्षेत्रमा १९ वटा भवन छन् । ती सबै भवन अहिले प्याक भइसकेका छन् । प्रधानमन्त्री सहित मन्त्री र राज्यमन्त्री गरि अहिले २५ जनाको मन्त्रिपरिषद् रहेको छ । जसमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमै छ भने पुलचोकमा अरु १९ जनालाई आवास पुग्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका ७ मन्त्रीहरुले राजीनामा दिएर निवास पनि छाडेका थिए । यसैगरी पदमुक्त भएपछि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पनि पुलचोकबाट बाहिरिसकेका छन् ।

खेलकुद क्षेत्रलाई अघि बढाउन नै यहाँ आएको हुँ : खेलकुदमन्त्री तामाङ

पूर्व मन्त्री विश्वकर्मा बसेको निवासमा उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री विमला विक जाने बुझिएको छ ।
गत शुक्रबार मन्त्री र राज्यमन्त्री गरि ९ जना थपिएका छन् । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले मन्त्रीहरुको आवास व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्दै आएको छ ।

नव नियुक्त खेलकुदमन्त्री दावा काे हुन ?

उक्त कार्यालयका सह सचिव कुमार घिमिरले अहिले पुलचोकमा स्थान अभाव भएको नेप्लेजलाई बताए । उनले भने ‘१९ जना मन्त्रीहरुका लागि पुलचोकमा स्थान छ । त्यो भन्दा बढी संख्या भएकाले केही मन्त्रीहरुले स्थान पाउनु भएन । उहाँहरुले बाहिर खोज्नु पर्ने भएको छ । त्यसको सम्पूर्ण खर्च सरकारले व्यहोर्छ ।’

खेलकुदमन्त्री दावा लामा तामाङले गरे पदवहाली

यसअघि आवास छाड्नेमा कोही पनि राज्यमन्त्री छैनन् । अर्थमन्त्री विष्णु पौडेल, राज्यमन्त्री रामबीर मानन्धर र नवराज रावत पुल्चोक नबसी घरमै बस्दै आएका छन् । विष्णु पौडेलसँगै मन्त्री बनेका लिलानाथ श्रेष्ठ भने पछिल्लो समय पुलचोक सरेका छन् ।
यसैगरी शुक्रबार पुनर्गठन हुँदा थपिएका मन्त्रीहरुमा टेपबहादुर रायमाझी, प्रभु साह, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, प्रेम आले र मणी थापाले पुल्चोकमै बास पाएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey