Mega Bank

खेलाडीकाे प्राेत्साहन भत्ताका लागि मन्त्रालयले बनायाे ७ सदस्यीय कार्यदल

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-०९-१२
  • |
  • 69 पटक हेरिएको

ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेताको रोकिएको प्रोत्साहन भत्ताका लागि विषयमा युवा तथा खेलकुद मन्त्रालयले कार्यदल गठन गरेकाे छ ।

मन्त्रालयले नयाँ कार्यविधि बनाएर खेलाडीकाे प्राेत्साहन भत्ताका विषयमा सह सचिव भक्तबहादुर ढकालको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाएका छन ।

साे कार्यदलमा मन्त्रालयका योजना शाखा, राष्ट्रिय खेलकुद परिषद्, लेखा, खेल प्रबर्दन शाखा, प्रदेश खेलकुद परिषद्का प्रतिनिधि समावेश गरिएकाे छ । नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले पदभार ग्रहण गरेलगत्तै पहिलाे कामका रूपमा खेलाडीकाे प्राेत्साहन भत्ताकाे कार्यविधी बनाउने निर्णय गरेका हुन ।

खेलाडीले पाउँदै अाएकाे प्रोत्साहन भत्तालाई थप व्यवस्थित पारेर नियमित गर्न कार्यदल गठन गरिएको हाे । यसका लागि समितीले मस्याैदा पनि तयार पार्ने भएकाे छ । साे कार्यदललाई मन्त्रालयले १५ दिन भित्र मस्याैदा बुझाउन निर्देशन दिएकाे छ ।

गत आर्थिक वर्षसम्म मन्त्रालयले राखेपमार्फत ओलम्पियनलाई मासिक ४ हजार तथा एसियाली खेलकुदका पदक विजेता र सागका स्वर्ण पदक विजेतालाई मासिक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता बितरण गर्दै आएको थियो । तर याे बर्ष कार्यविधि तयार नभएकाे भन्दै खेलाडीले साे भत्ता पाएका थिएनन् ।

याे कार्यविधी तयार भएपछि खेलाडीले सहज रूपमा पाउने प्राेत्साहन भत्ता पाउने मन्त्रालयले जनाएकाे छ ।

भर्खरै

Advertisement