खेलकुदमन्त्री दावा लामा तामाङले गरे पदवहाली

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१२
  • |
  • 411 पटक हेरिएको

नव नियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङले आज पदवहाली गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीपदको सपथ लिएका तामाङले आज सिंहदरबारमा पदबहाली गरेका हुन । नेकपा विभाजन भएपछि तामाङ खेलकुदमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरेका हुन् ।

सिन्धुपाल्चोकका तामाङ २०६४ सालको संविधान सभा सदस्य थिए भने २०७४को निर्वाचनमा पराजित भएका थिए । यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई पद मुक्त गरेका छन् ।

पूर्व मन्त्री विश्वकर्माले सहमतिमै पद छाडेको बताउँदै अब आफू प्रदेशको राजनीतिमा केन्द्रीत हुने पनि जानकारी दिए । यसैविच पूर्व खेलकुद मन्त्री जगत विश्वकर्माकाे बिदाइ गरिएकाे छ । कार्यक्रममा राखेपका सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिब काेइराला, खेलकुद सचिव लगायतकाे उपस्थिती थियाे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey