नव नियुक्त खेलकुदमन्त्री दावा काे हुन ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१०
  • |
  • 244 पटक हेरिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेपछि पछिल्लो समय फटाफट राजनीतिक घटनाक्रम बदलिएको छ ।

सत्तारुढ दल नेकपाको प्रचण्ड नेपाल समूह बाहिर रहँदा प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठन गर्दा उनले आफू निकट रहेका भएपनि जगतबहादुर विश्वकर्मालाई मन्त्रीमण्डलबाट विदा गरे भने उनको ठाउँमा सिन्धुपाल्चोका दावा तामाङ लामालाई सपथ गराइएको छ ।

सिन्धुपाल्चोकका अधिकांश नेताहरु प्रचण्ड नेपाल समूह तिर गएका बेला दावालाई प्रधानमन्त्रीले खेलकुदमन्त्री बनाएका हुन् । उनी गत चुनावमा बाम तालमेल हुँदा समेत पराजित भएका थिए । उनी २०६४ काे संविधान सभा सदस्य रहेका थिए ।

त्यस क्षेत्रका अधिकांश नेताहरु प्रचण्ड नेपाल समूहमा लागेपछि मन्त्री बन्ने सौभाग्य पाएका हुन् । उनी पूर्व माओवादीबाट नेकपामा रहे पनि बादल पक्षिय नेताको रुपमा परिचित छन् ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal