खेलाडी र प्रशिक्षकलाई ‘न्युट्रिसन क्लास’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१०
  • |
  • 408 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीको आयोजनामा टोकियो ओलम्पिकमा सहभागी हुन छात्रवृत्ति प्राप्त गरेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार ‘न्युट्रिसन क्लास’ सञ्चालन गरिएको छ ।

भारोत्तोलन प्रशिक्षक संजय महर्जनले खेलाडी र प्रशिक्षकलाई पोषण सम्बन्धी विविध जानकारी दिएका हुन । त्यस अगाडि नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले खेलाडीको प्रशिक्षण र अभ्यासमा पोषणबारे जानकारी आवश्यक रहेको बताए । कार्यक्रममा उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यको पनि उपस्थित थियो ।

उक्त कार्यक्रममा १२ खेलाडी र तीन प्रशिक्षकको सहभागिता थियो । सन् २०२१ को जुलाईमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने प्रक्रियामा सात खेलका १२ खेलाडीले ओलम्पिक छात्रवृति प्राप्त गरेका छन् ।

ओलम्पिक छात्रवृति प्राप्त गर्ने खेलाडीमा करातेका अनु अधिकारी र नवीन रसाइली, आर्चरीका ज्ञानु अवाले र तिलक पुनमगर, तेक्वान्दोका वीरबहादुर महरा, सुटिङका सुस्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनका कमला श्रेष्ठ र सञ्जु चौधरी, पौडीका गौरिका सिंह र एलेक्स शाह तथा जुडोका इन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।

यस्तै कार्यक्रममा छात्रवृत्ति कार्यक्रममा नरहेका एथलेटिक्सका गोपीचन्द्र पार्कीको पनि सहभागिता थियो । अहिलेसम्म नेपालका तर्फबाट पौडीका दुई गौरिका र एलेक्स तथा एथलेटिक्सका पार्की गरेर कुल तीन खेलाडीले सहभागिता जनाउने निश्चित भइसकेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey