टोकियो ओलम्पिकका घरेलु प्रायाेजकले समय थप्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१०
  • |
  • 324 पटक हेरिएको

टोकियो ओलम्पिक २०२२ का लागि घरेलु प्रायोजकहरुले सम्झौता थप गर्ने भएका छन् ।

ओलम्पिक आयोजक जापानले आफ्ना सबै ६८ प्रायोजकले सम्झौता थप्न राजी भएको बताएका छन् । आफ्ना प्रायोजकबाट दुइ सय २२ मिलियन डलर थप सहयोगको अपेक्षा गरिएको टोकियो ओलम्पिक आयोजक कमिटीका अध्यक्ष योसिरो मोरिले बताएका छन् ।

टोकियो ओलम्पिक २०२० मै हुने तालिका रहेपनि कोरोनाको महामारीले एक वर्ष पछि धकेलिऐका हो । जापानमा कोरोना संक्रमण दरको बृद्धि भइरहेका छन् ।

महामारीका कारण टोकियो ओलम्पिकका प्रायोजक जापान इएर लाइन्स, निपोन इएर लाइन्स जस्ता कम्पनीले ठुलो आर्थिक नोक्सानी ब्येहोरेका थिए । यद्यपी यसका बाबजुत पनि प्रायोजकहरु ओलम्पिक आयोजनामा थप सहयोग गर्न राजी भएका हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey