निकै खुसी छन् सन्दिपका अभिभावक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 243 पटक हेरिएको

माघ १७, चितवन  ।  सन्दीप लामिछाने ले चार वर्षअगाडि एउटा हक्की निणर्य गरेका थिए, नेपाल फर्किने । त्यतिखेर उनी अभिभावकसँग भारतमा बस्दै आएका थिए ।  क्रिकेटको ठूलो संस्कार रहेको भारत छाड्ने र नेपालमा भविष्य खोज्ने उनको यो निर्णय निकै चुनौतीपूर्ण थियो ।

नेपाली क्रिकेट भारतको तुलनामा खासै केही थिएन । १३–१४ वर्षे बालक सन्दीपको मनमा एक्कासी पलाएको नेपाल फर्किने चाहनाले परिवारमा सबैलाई आश्चर्यचकित बनायाे । तर, अभिभावकले छोराको चाहनामा साथ दिए । ‘उसले नेपालमा गएर केही गर्न मन लागेको बताएपछि बाबु आमालाई भनरे यहाँ ल्याएका हौं ।’

चितवन क्रिकेट एकेडेमीमा भर्ना गरेपछि बाँकी काम सबै उसैले गर्दै आयो । यहीं रजहरबाट दैनिक नारायणगढ पुगेर अभ्यास गरी फर्किन्थ्यो,’ सन्दीपका भिनाजु अनिल न्यौपाने मंगलबार नवलपरासीमा भन्दै थिए, ‘ऊ एकदमै सीधा थियो, यहाँको वातावरण केही बुझेको थिएन । सबैसँग मिल्थ्यो । क्रिकेटमा धेरै समय बिताउन खोज्थ्यो ।’

भारतमा रहँदा पढाइका क्रममा सन्दीपको संगत क्रिकेट खेल्ने समूहसँग भयो । त्यही संगतले उनलाई त्यसतर्फ डोहाेर्याएको बुवा चन्द्रनारायणले सुनाए । ‘पढाइमा भन्दा खेलमा धेरै रुचि राख्थ्यो । पढाइमा तपाईंलाई कति प्रतिशत चाहिने हो , त्यो भन्दा माथि ल्याउँछु । त्यसपछि खेल्न जान रोक्न मिल्दैन भन्थ्यो,’ चन्द्रनारायणले भने, ‘हाम्रो र नेपालको नाम उचो राख्छु भनेर यहाँ आएको हो । हामीले त्यसमा कुनै बाधा–अड्चन गरेनौं ।

नेपाल आएपछि उसले दैनिक कठिन प्रशिक्षण गरेर आज यो स्थितिमा पुग्दा गर्व लाग्नु स्वाभाविक हो । ऊ यहाँसम्म पुग्नुको श्रेय प्रशिक्षकहरू राजु खड्का, पुबुदु दासानायके , चितवन क्रिकेट एकेडेमीलाई दिनुपर्छ ।

भाग्यले पनि साथ दियो 

सन्दीप स्याङ्जाको आरुचौरमा जन्मिएका हुन् । बुवा २०२८ देखि नै रोजगारीका क्रममा भारतमा थिए । पछि सन्दीप पनि उतै गएका थिए । हरियाणामा रेल्वेमा जागिरे चन्द्रनारायणले दुई वर्षअघि अवकाश पाए । जेठो छोरालाई त्यही जागिर थमाई चन्द्रनारायण दम्पती नेपाल फर्किएको ४ महिना मात्र हुन लाग्यो ।

उनीहरू हाल चितवनको सौराहास्थित चित्रासारीमा बस्छन् । त्यहाँ जग्गा पहिला नै लिएका थिए । पछि घर बनाएर कुरुवा राखे । आफू भारतमै बस्थे । अक्सनको प्रत्यक्ष प्रसारण हेरिरहेका उनीहरूले आफ्नो छोरो इन्डियन प्रिमियर लिगमा दिल्ली डेयर डेभिल्समा छनोट भएको थाहा पाएका थिए ।

भारतमा सन्दीपले ६–७ वर्ष बिताए । हामी भारतमा बस्दा क्रिकेट हेरिरहन्थ्यौँ । त्यसैले छोराले नेपाल गएर खेल्छु भन्दा केही भनेनौँ । नेपाल पनि क्रिकेटमा राम्रै गरि रहेको थाहा पाएका थियौं’ चन्द्रनारायणले भने , ‘ऊ भारतमा बस्दा स्कुल स्तरमा खेलिर हन्थ्यो ।’

युजभेन्द्र चाहाल ऊभन्दा केही सिनियर थिए । उसले सानो छँदा उनीहरूसँगै खेलेको थियो । चाहालले बेङ्लोरबाट आईपीएल खेल्नेछन् । अहिले सानोमा सँगै खेलेका साथीहरू सन्दीप कहाँ पुग्यो, हामी यहीं छौ  भन्छन् ।’

माइकल क्लार्कलाई भेट्नु सन्दीपको खेलजीवनको टर्निङ प्वाइन्ट मान्छन् उनीहरू । हङकङ ब्ल्ट्जी खेल्न जानुअघि नाबालक भएकाले सन्दीपको भिसाका लागि चन्द्रनारायणले भारतबाटै कागज बनाएर स्वीकृति पठाइदिएका थिए ।

हङकङमै उनले अस्ट्रेलियाका विश्वकप विजयी कप्तान क्लार्कसँगै कावलनु क्रिकेट क्लबबाट खेलेका थिए । आमा कोपिलादेवीलाई सन्दीपले भने को एउटा कुरा झलझली याद आउँछ । ‘ इन्जिनियर , ओभरसियर्स बने घर छेउ छाउकाले चिन्लान तर खेलाडी बने पुरै देशले चिन्छ भन्थ्यो,’ छोराले आईपीएलसम्मको यात्रा गर्न लाग्दा उनले सम्झिइन् ।

नेपाल आएपछि सन्दीप रहजरस्थित भिनाजुको घरमा दिदी इन्दुसँगै बस्दै आएका थिए । मंगलबार कान्तिपुर संवाददाता रजहर पुग्दा इन्दु पोखरामा थिइन् । उनले हालै त्यहाँ व्यापार सरुु गरेकी छन्  । इन्दुका घरमा सन्दीपका फोटा टाँगिएका थिए । एउटा कोठा उनले पाएका व्यक्तिगत ट्रफीले सजिएको थियो ।

किट ब्याग र हेलमेट स्ल्यापमा राखिएको थियो । ‘ बिहानदेखि बेलुका नहुन्जेल अभ्यास गरिरहन्थ्यो । बिहान नजिकैको चौरीमा खेल्न जान्थ्यो । दिउँसो अभ्यास गर्न नारायणगढ पुग्थ्यो ।

ऊ आउँदादेखि नै यहाँको स्तरमा राम्रै खेलाडी थियो । एकेडेमीमा पठाएपछि खेलमा धेरै सुधार आयो । भिनाजु अनिलले भने । आर्इपीएलमा छनोट भएपछि अनिलले फोन गरेर बधाई दिएका थिए सन्दीपलाई । उनले ‘दिदी–भिनाजुकै प्रमुख कारणले यहाँ पुगे को हुँ’ भनेको अनिल बताउँछन् ।  बाहिर खेल्न जानुअगाडि गएँ भनेर खबर गर्छ । विदेश पुगेपछि पनि खबर गर रहन्छ । आईपीएल पुग्छ भन्ने विश्वास लाग्दै गएको थियो ,’ उनले भने । राष्ट्रिय टोलीमा पहिलो पटक पर्दा सन्दीप जुन उद्देश्यले नेपाल आए, त्यो पूरा भएको लागेको रहेछ दिदीभिनाजुलाई ।

नामिबियासगँको खेल दिदी भिनाजुले कीर्तिपुर मैदानमै हेरेका थिए । गत वर्ष केन्यासँगको खेल बावु आमाले पनि काठमाडौ गएर हेरे । चन्द्रनारायणले भने ‘ केन्यासँगको खेल हेरेपछि महसुस भयो कि हाम्रो बच्चा अझै माथि पुग्ने छ ।’

कान्तिपुर दैनिकबाट

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey