पल्सर स्पाेर्टस अवार्डलाई डिश मिडियाको साथ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०८
  • |
  • 400 पटक हेरिएको

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने पल्सर स्पोर्टस अवार्डका लागि डिश मिडिया नेटवर्क लिमिटेड सहप्रायोजकका रुपमा निरन्तरता दिएको छ ।

डिश मिडियाले सहप्रायोजकबाफत मञ्चलाई नगद र जिन्सी गरेर ११ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

जसमा अवार्डविजेतालाई डिशहोमको १३ थान कनेक्सन उपलब्ध गराउनेछ । जसमा दुई सय रिचार्जपनि हुनेछ ।

यस्तै २० जना नोमिनिजलाई एक बर्षको रिचार्जसहित सेट उपलब्ध गराउनेछ । यस्तै १३ थान सेटअप बक्स दुई बर्षको रिचार्जसहित उपलब्ध गराउनेछ ।

मञ्च र डिश मिडियाविचको यो सम्झौता एक बर्षका लागि हुनेछ । मञ्चले केहि दिन अगाडी पिपल्स च्वाइस अवार्डका लागि पाँच जनाको मनोनयन सार्वजनिक गरिसकेको छ ।

अवार्ड कार्यक्रमको मुख्य प्रायोजक पल्सर रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey