ओलम्पिकको उद्घाटन र समापनका लागि आयोजकले बनाए विशेष टिम

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०८
  • |
  • 303 पटक हेरिएको

टोकियो ओलम्पिक आयोजकले अर्को बर्ष हुने प्रतियोगिताको उद्घाटन र समापनलाई पुनः डिजाइन गर्नका लागि टिम तयार पारेको छ ।

पछिल्लो पटक कोरोना भाइरसका प्रभाव कायमै रहेका बेला त्यसलाई ध्यानमा राखेर उद्घाटन र समापनको काम गर्न विशेष टिम तयार पारेको छ ।

नयाँ गठन भएको क्रियटिम टिमको हेडमा हिरोसी सासाकी रहेका छन । उनी यसअघि पनि उद्घाटन र समापनको डाइरेक्टर मध्येका एक थिए ।

कोरोना फैलिनु अगाडी यो प्रतियोगिता २०२० को जुलाई अन्तिममा हुने तालिका थिए । तर कोरोनाका कारण एक बर्ष स्थगित भएको थियो ।
एक बर्ष सरेपछि ओलम्पिकको खर्चपनि बढ्ने भएकाले त्यसमा कसरी कटौती गर्न सकिन्छ भनेर आयोजक लागेका छन ।

त्यहि आधारमा आयोजकले नयाँ टिम तयार पारेको छ । अब उनीहरुले कम खर्चमा भब्य तरिकाले ओलम्पिकको उद्घाटन र समापनको डिजाइन गर्ने बताइएको छ ।

अब उद्घाटन र समापनका बेला कठिन समयपछि अको आशा भन्ने नारा राख्ने संभावना रहेको बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey