टोकियो ओलम्पिक आयोजकले ९०० मिलियन डलर कोभिडमा खर्च गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०८
  • |
  • 334 पटक हेरिएको

सन् २०२१ मा हुने टोकियो ओलम्पिक आयोजकले प्रतियोगिताका बेला कोरोना भाइरस नफैलियोस भनेर ९०० मिलियन डलर खर्च गर्ने भएको छ ।

पछिल्लो पटक टोकियो ओलम्पिकको खर्च २२ प्रतिशतले बढ्ने निश्चित भएको छ । एक बर्ष सरेपछि प्रतियोगिताको बजेट बढेको जनाइएको छ ।

जसमा यसअघि अनुमान गरेको रकम भन्दा दुई दशलमव आठ विलियन डलर खर्च बढ्ने भएको हो । जसका कारण ओलम्पिकको कुल खर्च १५.४ विलियन डलर पुगेको छ ।

साथै ओलम्पिकका बेला टोकियो पुग्ने खेलाडी, पर्यटकको स्वास्थ्यलाई ध्यान दिएर कोरोनाविरुद्धको खर्च भनेर ९०० मिलियन डलर बजेट छुट्याएको छ । यसका लागि आयोजकले चिकित्सको विशेष टिम बनाएको छ ।

जसले कोरोनाका विषयमा योजना बनाउने भएको छ । टोकियो ओलम्पिकको बढेको बजेटलाई थप प्रायोजक, बीमाबाट केहि कभर हुने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal