अब खेल संघको बर्गिकरण हुन्छ : मन्त्री बिश्वकर्मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०६
  • |
  • 541 पटक हेरिएको

युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनार(बिश्वकर्मा)ले खेल संघहरुको बर्गिकरण गर्ने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा लगत भएका राष्ट्रिय संघहरुको अन्तक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले खेलकुद ऐनले नै खेल बर्गिकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु बर्गिकरण गरिने जानकारी दिए ।

राखेपका उपाध्यक्ष शिव कोईरालाले एउटा ब्यक्तिले विभिन्न संघमा दायित्व लिएको पाइएकाले त्यो प्रथाको अन्त्य हुने दावी गरे । खेल संघ विबाद सामाधन समितिका संयोजक समेत रहेका उपाध्यक्ष कोइरालाले भने, ‘संघ धेरै भएर राज्यले धान्न नसकेको होइन, कतिपय संघले गर्ने क्रियाकलाबबाट खेलकुद नै बदनाम हुदै आएको छ अब यस्तो परिपाटीबाट चल्दैन ।’

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदका गतिबिधि क्रमशः सामान्य अवस्थामा आउदै गरेका बताउदै भने, ‘नेपाल सरकारको स्वास्थ्यको प्रोटोकललाई ध्यानमा राखि परिषद्ले पुस महिनाभर खेलकुदले मेची–महाकाली जोड्ने गरि ७ वटै प्रदेशमा २÷२ दिने कार्यक्रमको आयोजना गर्दछौै ।’

प्रदेशका खेलकर्मी,खेलाडी,प्रशिक्षकलाई लक्षित कार्यक्रमले एक प्रकारको सन्देश दिनेछ । सदस्य सचिवले संघहरुले प्रतियोगिता गर्नका लागि अनुमति मागि रहेको जानकारी गराउँदै कोभिडको प्रभाब र असरलाई न्यूनीकरण गर्दै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिका लागि प्रतियोगिता पनि क्रमशः आयोजना हुदै जाने बताए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नयाँ ऐनका बारेका जानकारी गराएका थिए । सो अवसरमा लगभग ८० संघका प्रतिनिधिको सहभागिता रहेको थिए । धेरै जसो संघहरुले आगामी नवौं राष्ट्रिय खेलकुदमा आफ्नो खेललाई पनि समाबेश गरिनु पर्ने धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रममा राखेप सदस्यहरु, बिभागीय प्रमुखहरु, प्रशिक्षक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal