Mega Bank

राखेप सदस्य सुवर्णा श्रेष्ठ सम्मानित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-०९-०४
  • |
  • 161 पटक हेरिएको

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)की बोर्ड सदस्य सुवर्णा श्रेष्ठ शनिवार सम्मानित भएकी छिन् ।

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यको जिम्मेवारी पाएकोमा स्थानिय सामाजिक संस्था सेभेन एण्ड सेभेन मेम्बरले श्रेष्ठलाई सम्मान गरेको हो । लुभु मार्टमा भएको सम्मान कार्यक्रममा सदस्य श्रेष्ठले खेलकुदलाई जिवनको अंग बनाउ भन्दै खेलक्षेत्रको विकास र विस्तारमा सामाजले खेल्ने भूमिका महत्वपूर्ण हुने बताइन् । उनले भनिन्, ‘खेलकुदलाई सामाजिक उत्तरदायीत्व भित्र पारेर महत्वपूर्ण स्थान दिन सके नेपाली खेलकुदले अझ फड्को मार्न सक्छ ।’

कार्यक्रमका संयोजक सुनिल श्रेष्ठले सेभेन एण्ड सेभेन मेम्बर सामाजिक संस्थाको रुपमा चिनिने भए पनि खेलक्षेत्रलाई प्राथामिकतामा राखेर खेलकुदका गतिबिधिमा पनि सहभागिता जनाउदै आएको बताए ।

सम्मान कार्यक्रममा संस्थाले एसइइ उत्तीर्ण गरेका बिद्यार्थीलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा नेपाल आईटिएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठ,ब्यापारी तथा समाज सेवी झलक मोहन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

Advertisement