‘पिस थ्रु स्पोर्टस’ कमिसन गठन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०३
  • |
  • 208 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीअन्तर्गत शुक्रबार ‘पिस थ्रु स्पोर्टस’ कमिसन गठन गरिएको छ ।

त्यसको अध्यक्षमा रमेश महर्जन रहनु भएको छ । उहा“ कीर्तिपुर नगरपालिकाका मेयर पनि हुनु हुन्छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसन गठनको अवसरमा शुभकामना व्यक्त गर्नु भयो ।

त्यस अवसरमा कमिसन अध्यक्ष महर्जनले खेलकुदको माध्यमबाट समाजमा शान्ति स्थापनाका लागि विभिन्न कार्यक्रम हुने बताउनु भयो ।

कमिटीका सदस्यमा अन्जु भट्टराई, चन्द्रप्रकाश घर्ति, ज्ञानेन्द्र महर्जन, कृष्ण घिसिङ, नयना शाक्य, ऋतु ग्याम्दाङ, समिरबहादुर सिंह, सूर्यबहादुर जोशी, उपेन्द्र थापा र युवराज सुनुवार हुनु हुन्छ । यस्तै शुष्माराज भण्डारी विशेष आमन्त्रित सदस्य हुनु हुन्छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey