नेपाल भलिबल संघले महिला टिमलाई एशियन च्याम्पियनसिपमा सहभागिताका लागि दाबी गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०१
  • |
  • 355 पटक हेरिएको

नेपाल भलिबल संघले चीनमा अर्को बर्ष हुने एशियन महिला च्याम्पियनसिपमा नेपालको सहभागिता गराउने निर्णय गरेको छ ।

संघको बुधबार बसेको कार्यसमितीको बैठकले २०२१ मा चीनको गोन्जाओमा हुने एशियन च्याम्पियनसिपका लागि नेपाली महिला टिमलाई सहभागि गराउने बताएको छ ।

चीनीया भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म हुनेछ । यो प्रतियोगितामा सहभागिता जनाउनका लागि जनवरी १५ तारिखसम्म टिम दर्ताको मिती रहेको छ । नेपालको दावेदारीतालाई एशियन भलिबल महासंघले स्विकृती दिएमा प्रतियोगिता खेल्नेछ ।

प्रतियोगितामा १६ भन्दा बढि टिमले दावेदारीता गरेमा नतिजाका आधारमा टिमको छनोट हुनेछ ।

कोरोनाका कारण बन्द भएको अन्तराष्ट्रिय प्रतियोगिताहरु फेरी सुरु गर्न एभीसीले तयारी गरेको छ । नेपालमा भलिबल क्लवलाई बलियो र कानुनी दायरामा ल्याउनका लागि उपाध्यक्ष निरोज मास्केको संयोजकत्वमा समिती बनाएको छ ।

यस्तै अन्तराष्ट्रिय स्तरको कर्भडहल बनाउनका लागि अध्यक्ष मनोरञ्जन रमण शर्माको नेतृत्वमा समिती बनाएको छ । सो समितीले डिपीआर र निर्माण स्थलको टुंगो लगाउनेछ ।

नेपालको राष्ट्रिय खेल भएपनि आफ्नै कर्भडहल नहुँदा कुनैपनि प्रतियोगिता गर्दा कठिनाई भोग्दै आएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey