नयाँ टिमबाट बिगबास खेल्दा निक्कै उत्साहित छुँः सन्दिप लामिछाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-२९
  • |
  • 277 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने मंगलबार अस्ट्रेलिया जाने भएका छन् ।

उनी विग ब्यास लिग खेल्नका लागि मंगलबार विहान त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिए । लगातार तेस्रो सिजन विग ब्यास लिग खेल्न लागेका सन्दीप यस पटक भने नयाँ टिमबाट खेल्दैछन् । दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका सन्दीप यसपटक होवर्ट हुरिकेन्सबाट खेल्न लागेका हुन् । विग ब्यास लिग सुरु भइसकेको अवस्थामा उनले कम्तिमा पाँच देखि ६ वटा सम्म खेल गुमाउने सम्भावना रहेको छ ।

मंगलबार अस्ट्रेलिया जान लागेको सन्दीपले नेप्लेजसँग कुरा गर्दै नयाँ टिमबाट खेल्न लाग्दा आफू उत्साहित भएको बताए । यसैगरी आईपीएलमा दिल्लीमा मौका नपाएको प्रश्नमा उनले व्यक्ति भन्दा पनि टिमको महत्व हुने र विदेशी कोटामा चार जना मात्रै खेलाडी राख्दा आफू नपरेको बताए । तर, दिल्लीको टिममा रहेर आफूले धेरै कुरा सिकेको बताउँदै यसले पक्कै पनि व्यक्तिगत प्रदर्शन र नेपाली टिमलाई नै फाइदा पुग्ने बताए ।

पीएम कप मिस हुने बताउँदै आफ्नै भूमिमा भएको गौतम बुद्ध कप भने समय नमिलेकाले नखेलेको जानकारी दिए । झण्डै ६०–७० पटक कोरोना भाइरस परीक्षण (पीसीआर) गरेका सन्दीपले नेपालमै आएर संक्रमित भएका थिए । उनलाई अस्पताल जानुनै पर्ने अवस्था थियो त भन्ने प्रश्नमा सन्दीपले आफूले रिस्क लिन नचाहेको पनि बताए ।

हेरौं सन्दीप लामिछानेसँग गरिएको यो छोटो कुराकानी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey