ओलम्पिक काउन्सिल अफ एशियाकाे बैठकका लागि एनओसीका अध्यक्ष र महासचिव ओमान उडे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-२८
  • |
  • 207 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जिवनराम श्रेष्ठ र महासचिब निलेन्द्रराज श्रेष्ठ ओमान प्रस्थान गरेका छन ।

ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए)को डिसेम्वर १६ तारिख ओमानको राजधानी मस्कटमा आयोजना हुने बैठकमा सहभागिता जनाउनु अध्यक्ष श्रेष्ठ र महासचिव निलेन्द्र गएका हुन। कोभिड–१९ का कारण लामो समय देखि प्रत्यक्ष रुपमा हुन नसकेको ओसिएको वैठक यस पटक मस्कटमा हुँदैछ ।

यो वैठकमा सवै देशका प्रतिनिधीहरुले वर्तमान अवस्थाका बारेमा रिर्पोटिङ गर्ने र रोकिएका खेलकुद कार्यक्रमहरु कसरी अघि वढाउने बारे निर्णय समेत हुनेछन ।”

साउदी अरेबियाको रियाद र कतारको दोहाबीच २१ औं एसियाली खेलकुद आयोजनाका लागि प्रतिस्पर्धा भइरहेको छ । मतदान अगाडि नेपाली टोलीले साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन टुर्कि अल फैजल अब साउद तथा कतार ओलम्पिक कमिटीका अध्यक्ष सेख तमिम बिन हमाद अल थानीसँग परस्पर सहयोगको सम्भावनालाई लिएर छुट्टा छुट्टै वार्ता गरिने भएकाे छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखको पनि सहभागिता रहने साधारण सभामा साउदी र कतारी ओलम्पिक कमिटीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीबारे आफ्नो प्रस्तुती दिनेछन् । त्यसमा ओसीसीको मूल्यांकन कमिटीले प्रतिवेदन पेस गर्नेछ । त्यसपछि चुनाव हुनेछ र लगतै त्यसमा विजयी सहरसँग प्रतियोगिताको आयोजनालाई लिएर सम्झौता हुनेछ ।

साधारण सभाका अवसरमा सान्यमा हुने छैटौं बिच एसियाली खेलकुद, थाइल्यान्डमा हुने छैटौं एसियाली इन्डोर तथा मार्सल आर्टस खेलकुद, सान्तोउमा हुने तेस्रो एसियाली युवा खेलकुद र हाङझोउमा हुने १९ औं एसियाली खेलकुदबारे पनि छलफल हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal