पल्सर स्पोर्टस अवार्ड २०७६ पुसको अन्तिममा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-२८
  • |
  • 216 पटक हेरिएको

नेपाल खेलकुद पत्रकार मञ्चले गर्दै अाएकाे पल्सर स्पोर्टस अवार्ड २०७६ पुसको अन्तिममा आयोजना हुने भएको छ ।

कोरोना भाइरसका कारण यसपटक अवार्ड भर्चुअलबाट गर्ने नेपाल खेलकुद पत्रकार मन्चले बताएकाे छ । सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था रहेकोले मञ्चले पुस २८ गते अवार्ड भर्चुअल तरिकाले गर्ने भएकाे हाे ।

सातदोबाटोस्थित कराते हलमा साे अवार्ड गरिने भएकाे छ । अवार्डकाे लागि पल्सरले मन्चलाई २८ लाख रुपैयाँ बराबर नगद र जिन्सी उपलब्ध गराउनेछ । जसका लागि मञ्च र प्रायाेजकबिच सम्झाैता पनि भएकाे छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र हंसराज हुलास चन्द एन्ड गोल्छाका निर्देशक अभिमन्यु गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

अघिल्लो वर्षझैं यसपटक पनि विभिन्न १० विधामा अवार्ड दिइने भएकाे छ । जसमा वर्षका उत्कृष्ट खेलाडी युवा, महिला, पुरुष, वर्षका उत्कृष्ट प्रशिक्षक, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, लाइभ टाइम एचिभमेन्ट अवार्ड, टिम अफ दि इएर , पिपल्स च्वाईस र एसियन जर्नालिस्ट अफ द इएर अवार्ड छन् ।

पिपल्स च्वाइस् अवार्ड, स्पेशल र लाइभ टाइम एचिभमेन्ट बाहेक अरू अवार्ड अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दिइनेछ । पिपल्स च्वाइस अवार्ड भने एसएमएस भोटिङका आधारमा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal