तेक्वान्दाेका बरिष्ठ प्रशिक्षक सुब्बालाई कारवाहिका लागि सिफारिस

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-२६
  • |
  • 309 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद परिषद्ले गठन गरेको छानविन समितीले तेक्वान्दोका बरिष्ठ प्रशिक्षक टेकबहादुर सुब्बालाई कारवाहिका लागि सिफारिस गरेको छ ।

राखेप बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठित समितीले सुब्बालाई सातदोबाटोमा रहेको खेलकुदको हातमा जथाभावी तरिकाले रुख काटोको भन्दै आर्थिक अनियमितता गरेका कारण कारावाहिका लागि सिफारिस गरेको हो ।

अहिले छानविन समितीले सुब्बालाई कारवाहिका लागि गरेको सिफारिस अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा पुगेको छ ।

नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको समापनपछि सातदोबाटोको हातामा हरेका रुखहरु सफा गर्ने निउमा जथाभावी काटेका थिए । जसका जिम्मेवारी सुब्बाले पाएका थिए । तर ती रुखहरु काटेर बेचेर आर्थिक फाइदा लिएको आरोप सुब्बालाई लागेको थियो ।

सरसफाइका क्रममा सुब्बाले सातदोबाटो परिसरभित्र ४० देखि ५० वटा रुख काटिएको थियो । जसबाट लाखौं रुपैयाँ नाफा गरेको भनिएको छ । सरकारी सम्पत्ती सूचना विना नै बिक्रि गरेको भन्दै सुब्बाविरुद्ध उजुरी परेको थियो । सबै अनुसन्धान गरेर छानविन समितीले कारवाहिका लागि सिफारिस गरेको हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal