प्रिन्सले नेपाल नम्बर एक रत्नजीतलाई हराए

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-२५
  • |
  • 378 पटक हेरिएको

नेप्लेज । सिन्धुपाल्चोकको चौतारामा जारी तेस्रो चौतारा साँघाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगितामा युवा खेलाडी प्रिन्स दाहालले नेपाल नम्बर १ रत्नजीत तामाङलाई पराजित गरेका छन् ।

राष्ट्रियस्तरको प्रतियोगितामा पुरुष एकलतर्फ शिल्क ग्रुपका प्रिन्सले रत्नजीतलाई हराएको यो पहिलोपल्ट हो । यसअघि आठौं राष्ट्रिय खेलकुदमा टिम स्पर्धामा उनले रत्नजीतमाथि जित निकालेका थिए ।

बिहीबार अपराह्न भएको सेमिफाइनल खेलमा उनले रत्नजीतमाथि २१–१९ र २१–१५ सेटमा जित निकाल्दै फाइनल प्रवेश गरेका हुन् ।

प्रतियोगितामा जिल्लास्तरीय खेलाडीबीच पुरुष र महिला एकल तथा राष्ट्रिय स्तरमा पुरुष एकल गरी तीन विधामा प्रतिस्पर्धा भइरहेको छ ।

राष्ट्रियस्तरतर्फको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal