Mega Bank

नवाैं राष्ट्रिय खेलकुद याे बर्ष नहुने पक्का, अन्तिम मितिकाे टुंगाे राखेपकाे बाेर्ड बैठकबाट लाग्ने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-०८-२४
  • |
  • 254 पटक हेरिएको

गण्डकी प्रदेशमा फागुन महिनामा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद तोकेको समयमा हुने संभावना निकै क्षिण बनेको छ । बुधबार खेल संघका पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद्विच भएको छलफलमा यो बर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संभावना निकै कम भएको निचोड निस्किएको छ ।

छलफल कार्यक्रममा संघका पदाधिकारीले यदि राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिता फागुनमा नै गरेमा आफुहरु सहभागि गर्न तयार रहेको र खेलाडीलाई तयार राख्न पनि सक्ने दावी गरेका थिए ।

तर राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले नवौं खेलकुदका लागि कम्तिमा तीन महिनाको समय लाग्ने, जिल्ला, प्रदेशको छनोटका लागि प्रक्रियागत रुपमा जानुपर्ने र त्यसमा पनि खेलाडीको स्वास्थ्यमा पनि ख्याल राख्नुपर्ने भएको बताएको थियो । यता नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यो बर्ष नवौं खेलकुद प्रतियोगिता नहुने बताएका थिए ।

अन्तिममा परिषदबाट नवौं राष्ट्रिय खेलकुदका विषयमा राखेपको बोर्ड बैठकबाट निर्णय गर्ने भनेर बैठक टुंग्याएको थियो । अब राखेको बोर्ड बैठक कहिले बस्छ, त्यो एकिन छैन । किनकी अहिलेसम्म बागमती प्रदेशबाहेक अरु प्रदेश प्रमुखको नियुक्ति भएको छैन ।

अब त्यो प्रक्रिया कहिले पुरा हुन्छ, त्यो पनि एकिन छैन । प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया पुरा भएपछिमात्र बोर्ड बैठक बस्न पाउनेछ । त्यसैले पनि अहिलेको अवस्था हेर्दा यो बर्ष गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने प्रष्ट भएको छ ।

आयोजकका प्रदेशका तर्फबाट राजीव गुरुङले यदि यो बर्ष नवौं नभएमा अर्को बर्षको मंसिर महिनामा गर्नका लागि सुझाव दिने बताए । किनकी असार साउनमा गर्नका लागि पोखराको मौसम उचित नहुने गुरुङले बताए ।

नवौं राष्ट्रिय खेलकुद यसअघिको मिती अनुसार फागुनको २० देखि २७ गतेसम्म हुने तालिका छ । हरेक दुई बर्षमा हुने भनिएको यो प्रतियोगिता पछिल्लो पटक तोकेको समयमा हुन सकेको छै ।

भर्खरै

Advertisement