कोरोनाबाट नर्मल अवस्थामा फर्किन नेपाली खेलकुदलाई तीन बर्षसम्म लाग्न सक्छ-सिलवाल

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-२४
  • |
  • 268 पटक हेरिएको

कोरोना भाइरसका कारण करिव नौ महिना ठप्प बनेको नेपाली खेलकुदलाई अझैपनि सुचारु कसरी गर्ने भनेर खेलकुदका निकायहरुले योजना बनाउन सकेका छैनन् ।

नेपाल सरकारले खेलकुद क्षेत्रलाई चलायमान बनाउन भन्दै प्रतियोगिताका लागि स्विकृती दिइसकेको अवस्थामा अब नेपालको घरेलु खेलकुद कुन किसिमले सुरु हुन्छ भन्ने अन्योल कायमै छ । यस्तैमा कोरोनाका कारण नेपाली खेलकुदलाई कति घाटा भयो भन्ने तथ्यांक कसैसँगपनि छैन र यसको तथ्यांक निकाल्नका लागि खेलकुद निकायले पनि त्यति चासो दिएका छैनन् ।

यस्तैमा अझैपनि कोरोनाको संक्रमण नेपालमा कायमै रहेका बेला आखिर पुरानै लयमा फर्किनका लागि कति समय लाग्छ त्यो पनि एकिन छैन ।
कोरोनाको असर नेपाली खेलकुदमा लामै समयसम्म पर्ने दावी राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालको छ । उनले कोरोनाको असर धेरै वा थोरैमा एक दुर्ई बर्ष जाने बताउछन ।

सिलवालले भने– खेलको खेलाडी मात्रै नर्मल अवस्थामा फर्किएर हुँदैन, खेलाडी र प्रशिक्षक मात्रै साधारण अवस्थामा फर्किएर मात्र हुँदैन । संघ पनि नर्मल अवस्थामा फर्किनुपर्छ, त्यो भन्दा ठूलो कुरा प्रतियोगिताहरु गर्नका लागि हामीहरुसँग रिसोर्स छैन । त्यसका लागि प्रायोजक खोज्नुपर्छ, त्यसमा उनीहरुपनि साधारण अवस्थामा फर्किन आवश्यक छ । त्यसैले खेलकुदका लागि सबै कुरा नर्मल हुन बढिमा तीन बर्ष लाग्ने सक्नेछ ।

कोरोनाका कारण नेपालका प्रायः सबै संघहरु आर्थिक कठिनाईमा परेका छन । सरकारले प्रशिक्षण सुरु गर्न भनेपनि कतिपय संघले आर्थिक कमजारीकै कारण प्रशिक्षण गराउन सकेका छैनन् । कतिपय संघले आगामी दिनमा हुने अन्तराष्ट्रिय प्रतियोगितालाई ध्यानमा राखेर मात्र सिमित खेलाडीलाई प्रशिक्षणमा राखेका छन ।

त्यसमा फुटबल, क्रिकेट, ओलम्पिकको तयारीमा रहेको कराँते छन । यता भलिबल संघले भने प्रष्ट रुपमा प्रशिक्षण गराउनका लागि आर्थिक समस्या भएको भनिरहेको छ ।

करिव एक बर्ष नै कुनैपनि खेल खेल्न नपाउँदा खेलाडीको हालत के हुने हो, र उनीहरुलाई प्रतिस्पर्धी कसरी बनाउने भन्नेमा ठुलो चिन्ता थपिन थालेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey