बागमति प्रदेश खेलकुद परिषद्द्वारा अभिमुखीकरण कार्यक्रम 

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-२१
  • |
  • 378 पटक हेरिएको

बागमति प्रदेश खेलकुद विकास परिषदले आफु मातहतका १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

यो संघिय परिषद र प्रदेश खेलकुद विकास परिषद बीचको पहिलो संयुक्त कार्यक्रम हो ।

काठमाडौंमा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलाल ओलम्पिक कमिटी अध्यक्ष जीवन राम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला, प्रदेश सभा सदस्य मिना ज्ञवाली लगाएतले सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा मन्त्री दुलालले संघीय संरचना अनुसार अहिलेका खेलकुद संरचनाले राम्रोसँग काम गर्न सकेमा अब नेपालि खेलकुद जगतको स्वर्ण युग सुरु हुने बताए ।

सदस्यसचिव सिलवालले आफुहरु बागमती प्रदेशको कामबाट अत्यन्तै प्रभावित भएको बताए । उनले भने, “बागमती प्रदेशले केन्द्रीय परिषद् र केन्द्र सरकारलाई समेत पछि पछि हिड्न बाध्य पारेको छ ।”  प्रदेशले केन्द्रको सिको गर्नुपर्नेमा अहिले केन्द्रले प्रदेशको सिको गरेर योजना र कार्यक्रम बनाउनु परेको बताए । प्रदेशका सामाजिक बिकास मन्त्री दुलाल खेलकुद र खेलक्षेत्रको संभावना बुझेको मन्त्री भएको हुँदा बागमती प्रदेश धेरै अगाडि जान सक्षम भएको समेत सिलवालले बताएका थिए ।

देश संघीयतामा गइसके पछि प्रदेश र राखेप बीच बलियो समन्वय गरि काम गरेमा मात्रै सबै तहका सरकारले खेलकुद क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल गर्न सक्नेमा सबैको जोड थियो ।

कार्यक्रमका अध्यक्ष तथा प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जिल्लाका अध्यक्ष र कार्यालय प्रमुखहरुलाइ अबका दिनमा काम गर्दा आइपर्न सक्ने सम्भावित कानुनी अस्पष्ठता र अन्योलका बिचमा कसरी काम गर्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बिभागिय प्रमुख कुल बहादुर थापाले प्रसासन संचालन र कर्मचारीहरु ब्यबस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा १३  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखहरु र प्रदेश खेलकुद बिकास परिषद्का सबै सदस्यहरुको सहभागीता रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey