दिलिप स्मृतिको ग्रेडिङ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-१९
  • |
  • 359 पटक हेरिएको

दिलिप स्मृति तेक्वान्दो डोजाङको खेलाडी ग्रेडिङ शुक्रबार सम्पन्न भयो । ग्रेडिङमा विभिन्न तहका ६० खेलाडीको परीक्षा लिइएको डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले जनाएका छन् ।

दोश्रो डानमा ३, पहिलो डानमा १ र हाफ ब्ल्याकमा ४ खेलाडी सहभागी थिए । बाँकी जुनियर खेलाडी थिए । डोजाङले परीक्षाको विवरण काठमाडौं जिल्ला तेक्वान्दो संघमा पठाउने छ ।

जिल्लाले नेपाल तेक्वान्दो संघ र तेक्वान्दो संघले दक्षिण कोरियास्थित कुकिवनमा पठाउने प्रमुख प्रशिक्षक खत्रीले जानकारी दिए । कुकिवनबाट खेलाडीले प्रमाण पत्र पाउने बताइएको छ । २०७१ सालमा स्थापना भएको डोजाङको यो सातौं ग्रेडिङ हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey